आगामी आर्थिक वर्षदेखि कलंकी–महाराजगन्ज सडक खण्ड ८ लेनको बनाइने

Advertisement

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि कलंकी–महाराजगन्ज सडक खण्डको अवरोध हटाएर विस्तार गर्ने भएको छ । अहिले चिनियाँ कम्पनीले उक्त खण्डको डिपिआर निर्माण गरिरहेको छ ।

बाटो विस्तार गर्ने सम्झौतामा दुबै देशका अधिकारीले केही महिनाअघि हस्ताक्षर गरिसकेका छन् । सम्झौताअनुसार आगामी अगस्टबाट सडक विस्तारको काम सुरू हुनेछ। महाराजगन्जदेखि कोटेश्वरसम्मको सडक पनि ८ लेन बनाइदिन चीनले सहमति गरिसकेको छ।

महाशाखाले उक्त खण्डको ८.२ किलोमिटर सडकमा भएका घर, टहरा, बिजुलीका पोल, टेलिकम अन्य सेवा प्रदायक कम्पनीका पोल, खानेपानी, ढल तथा रुख हटाउने काम अघि बढाइएको जनाएको छ ।

Advertisement

Advertisement