थापाले भने- सरकारले प्रतिपक्षीलाई पेलेर जाने नियत राखेको हुनाले त्यसको अनुशरण सभामुखले गरे

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले प्रतिपक्षी दललाई पेलेर जाने नियत राखेको र त्यसैलाई सभामुखले अनुशरण गरेको टिप्पणी गरेका छन् । उनले संसदीय समितिको सामना गर्न सरकार र समिति गठन गर्न सभामुख तयार हुनुपर्ने बताए ।

थापाले संसद सरकारको छायाको रुपमा सीमित हुँदै गएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकपछि संघीय संसदभवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै थापाले सरकारको छायाको रुपमा सीमित भएको र संसदका सभामुखले पनि स्वतन्त्र भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका हुन् ।

उनले भने, ‘एकपटक फेरि नेपालको संसद नेपालको सरकारको छायाको रुपमा सीमित रहेको छ । सभामुखले स्वतन्त्र भूमिका निर्वाह गर्न सकेका छैनन् । संसदप्रति सांसदकै भरोसा टुट्छ भने आम व्यक्तिहरुको भरोसा के रहन्छ रु पेलेर जाने रवैया, नियत राखेका छन् । यसले सभामुख दिनप्रतिदिन हाम्रो विश्वास गुमाउँदै हुनुहुन्छ भन्ने कुरालाई पुष्टि गरेको छ । जबसम्म संसदीय छानबिन समिति बन्दैन तबसम्म प्रमुख प्रतिपक्षी दलको तर्फबाट संसद चल्ने कुरामा हाम्रो सहयोग रहँदैन । सरकारे यसको सामना गर्न र सभामुख यो बनाउन तयार हुनुपर्छ ।’

मंगलबारको बैठकमा संसदीय समिति गठन गर्नेमा सकारात्मक रहेका सभामुख सरकारको निर्देशनपछि पछि हटेको दाबी सांसद थापाले गरेका छन् ।

उनले भने, ‘संसदीय छानबिन समिति बनाउने सवालमा सरकार पक्षका सांसदहरुले हामी तयार छैनौँ भने । कानुनमन्त्रीले तयार छैन भनेपछि उनहरुले जे कुरा भने सभामुखले त्यही कुरा माने। कम्तीमा हामी एकजना सांसदले कुरा राख्छौँ भन्दा कुरासमेत पनि राख्न नदिने । किन कि सरकारवालाको कुरा आज बोल्न पनि नदिने भनिसकेपछि त्यो चाहिँ आदेश पालना गरे जस्तो भयो । हिजोको बैठकमा मन्त्रीले भने ‘म संसदीय समितिको सामना गर्न तयार छु ।’ सभामुखले भन्नुभयो ‘म पोजेटिभ छु । बनाउँछु ।’ तर त्यसपछाडि उनले आज प्रमुख प्रतिपक्षी दल उठ्दै गर्दा संसद चलाउन तयार छन् ।

सांसद थापाले सर्लाहीका दुई भिन्न–भिन्न घटना सामान्य नभएकाले सत्यतथ्यमा नपुगे भविष्यमा लोकतन्त्रलाई नै खतरामा पार्न सक्छ भन्ने मानेर आफूहरुले संसदीय छानबिन समिति गठनको माग गरेको स्पष्ट समेत पारेका छन् ।

Advertisement

Advertisement

Advertisement