चार्जमा राखेको मोबाइल चिसो हातले छुँदा बालकको मृत्यु

Advertisement

काठमाडौं । चार्जमा राखेको मोवाईल फोन चिसो हातले छुँदा करेन्ट लागेर गौरादह ८ दामाबारीमा एक बालकको मृत्यु भएको छ।

मोरङको रतुवामाई नगरपालिका घर भई झापाको गौरादह ८ जुरोपानी दामाबारी चोकस्थित मामाघर बस्दै आएका ६ वर्षीय रोशन महतोको बिहीबार बिहान करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ।

मोबाईल चार्जमा राखेको बेला चिसो हातले छुँदा करेन्ट लागेको बताइएको छ। उक्त घटनाको अनुसन्धान गरी रिपोर्ट गर्न निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए।

Advertisement

Advertisement

Advertisement