अविरल वर्षाले विराटनगर डुबानमा, कोशी अञ्चल अस्पतालको प्रवेशद्वार जलमग्न

Advertisement

विराटनगर । तीन दिनदेखि परेको अविरल वर्षाका कारण विराटनगर डुबान भएको छ । निरन्तर परेको अविरल वर्षाले ढलको निकास नगरी सडक उच्च बनाइदिँदा कोशी अञ्चल अस्पतालभित्र पानी पसेको हो।

बजार क्षेत्रको पानी निकास नै भत्किएपछि बजार क्षेत्र डुबानमा परेको छ । विराटनगरको दक्षिणी क्षेत्रका केही बस्तीमा पानीको सतह बढेपछि डुबानमा छन् भने बजार क्षेत्रमा पनि पानी जमेको छ। अस्पतालमा उपचार गराउन आएका सेवाग्राहीलाई समेत समस्या भएको छ। प्रदेश–१ को सबैभन्दा ठूलो सरकारी अस्पतालका रूपमा रहेको कोशी अस्पतालमा दैनिक १ हजारभन्दा बढी सेवाग्राही उपचारका लागि आउने गरेका छन्।

अस्पतालको मुख्य प्रदेशद्वारादेखि नै शुरू भएको डुबान मर्मतसम्भार शाखा र इलेक्ट्रिक कन्ट्रोल प्यानलमा पनि पानी चुहेर पस्दा कर्मचारी असुरक्षित अवस्थामा काम गर्न बाध्य छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी केही दिन निरन्तर वर्षाको सम्भावना छ। यस सम्भावनाले विराटनगरवासीलाई थप त्रस्त बनाएको छ।

Advertisement

Advertisement

Advertisement