काठमाडौं । पछिल्लो समय टिकटक निकै लोकप्रिय भएसँगै यसले जोखिम पनि उत्तिकै निम्त्याएको छ । टिकटकको क्रेजले पछिल्लो पटक एकजनाको ज्यान लिएको छ । भारतमा टिकटक भिडियो बनाउने क्रममा तालमा खसेर उनको मृत्यु भएको छ । बुधबार भारतको हैदराद मेदचाल जिल्लास्थित डुलापाल्ली तालमा उक्त घटना भएको हो ।
नरसिंह नाम गरेका ती युवक टिकटकमा भिडियो रेकर्ड गर्ने क्रममा तालमा खसेको थिए । उनले तालको छेउँमा उभिएर अभिनय गरिरहेका थिए भने उनका साथीले भिडियो खिचिरहेका थिए । त्यसक्रममा उनी चिप्लिएर तालको गहिराइमा खसेको बताइएको छ ।
उनी पौडी खेल्न नजान्ने भएको हुँदा बाहिर निस्किन नसकेको र उनको मृत्यु भएको समाचारमा उल्लेख छ । बिहिबार मात्र प्रहरीले उनको लास तालबाट निकालेको थियो ।