इलाममा घुम्न आउने पर्यटक एक लाख ३४ हजार भित्रिए, अघिल्लो वर्षभन्दा ४३ प्रतिशतले बढी

Advertisement

इलाम । इलाममा घुम्न आउने पर्यटको संख्या दिनानुदिन वढ्दो छ । आर्थिक बर्ष २०७४/०७५ भन्दा यो आर्थिक बर्ष इलाम घुम्ने पर्यटन को संख्या मा ४२/६७ प्रतिशतले वृद्धि भएको छ । गत बर्ष ९३ हजा ९७६ जनाले इलाम भ्रमण गरेका थिए भने यो बर्ष ४० हजार १०१ ले बडेर १ लाख ३४ हजार ०७७ पुगेको छ।

पर्यटन सूचना केन्द्र जोरकलशमा दर्ता भए अनुसार इलाम प्रवेश गर्ने ६२ हजार ६१०महिला तथा ७१ हजार ४६७ पुरुष रहेका छ्न । कुल आगन्तुक पर्यटनमध्ये ५८० जना बिदेशी पर्यटन छ्न भने एक लाख ३३ हजार ४९७ आन्तरिक रहेका रहेका छन् । विदेशीमध्ये २२९ महिला र ३५१ पुरुषले इलाम घुमेका थिए । जोरकलशमा दर्ता नभई आउने पर्यटकहरु पनि रहेका छन् कतिपय पर्यटक भाडाको गाडीमा आउने र उनीहरुको तथ्यांक संकलनमा मुस्किल हुने गरेको जोरकलशका सूचना अधिकारी गगन घिमिरे बताए ।

इलाम भित्रिने पर्यटकको पहिलो रोजाइ कन्याम भएको छ जोरकलशमा रहेको तथ्यांकको आधारमा ३८ हजार ५ सय ९५ जनाले कन्याम घुमेका छन् । दोस्रो रोजाइमा इलामबजार रहेको छ । इलामबजार ३२ हजार ४ सय ४८ जनाले भ्रमण गरेका छन् । तेस्रो रोजाइमा पशुपतिनगर रहेका छन्, शुपतिनगर जाने अधिकांश पर्यटकहरु भारतको दार्जिलिङ जाने गरेका छन् ।

यो वर्ष ३२ हजार ४ सय २० जनाले पशुपतिनगरको भ्रमण गरेका छन् । त्यस्तै फिक्कल ११ हजार ६ सय ८ जना, श्रीअन्तु ६ हजार ८ सय ९५ जना, तप्लेजुङ ६ हजार एक सय १८ जना, कुटीडाँडा ५ हजार ८ सय १८ जना र माइपोखरी एक सय ७५ जानाले भ्रमण गरेको तथ्यांक रहेको छ ।

Advertisement

Advertisement

Advertisement