सडकमुनि बिछ्याइएका पाइपले निर्माणाधीन चावहिल–साँखु  अवरुद्ध

Advertisement

काठमाडौं । निर्माणाधीन चावहिल–साँखु सडकमा चुच्चेपाटी क्षेत्रमा सडकमुनि बिच्छ्याइएका पाइपका कारण समस्या आइरहेको छ । यस क्षेत्रमा दुई वर्षमा दुई पटकसम्म कालोपत्र गरे पनि भत्किरहेको छ । यस स्थानमा खानेपानीका झण्डै डेढ सयवर्ष पुराना पाइप बिच्छ्याइएको हुँदा पटक/पटक समस्या आइरहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

चुच्चेपाटीमा पासाङल्हामु शेर्पाको सालिक आसपास झण्डैएक सय ५० मिटर क्षेत्रमा यस्तो समस्या रहेको छ । पाइपकै कारण सडकमा जति पटक कालोपत्र गर्दा पनि उप्किरहेको आयोजनाका प्रवक्ता विश्वविजयलाल श्रेष्ठले बताए । मेलम्ची खानेपानी आयोजनाले पाइप बिच्छ्याएपछि एक पटक र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका समयमा गरेर यस सडक दुई वर्षमा दुई पटक कालोपत्र गरिएको उनले बताए ।

सडकमा अन्यत्र काम भइरहे पनि यस खण्डमा पाइपकै कारण काम हुन सकेको छैन । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यले शुरु भए पनि सडक क्षेत्रका स्थानीयवासीको अवरोधका कारण काममा ढिलाई भइरहेको छ । आयोजनाले अहिले उपलब्ध चौडाइमा सडक निर्माणको काम गरिरहेको छ । काठमाडौँ जिल्लामा पाँच, ललितपुरमा पाँच र भक्तपुरमा एक सडक विस्तार चार वर्ष पहिले शुरु भएकोमा अहिलेसम्म सम्पन्न भइसकेको छैन ।

Advertisement

Advertisement

Advertisement