चक्रपथ विस्तारः ६ अर्ब लगानी, दशैंमा डीपीआर, माघदेखि निर्माण

Advertisement

काठमाडौं । चक्रपथ विस्तारका क्रममा कलंकी–महाराजगञ्ज–धोवीखोला खण्डमा २०५७ वटा रुख काट्ने प्रक्रिया अघि बढेको छ ।
आयोजना प्रमुख अमृतमणी रिमालको नेतृत्वमा वन कार्यालयका कर्मचारी सम्मिलित टोलीले सडकको मार्गाधिकार भित्र भने २ हजार ५७ वटा रुख काट्नका लागि टाँचा लगाएको हो ।

‘कलंकी देखी धोबीखोला पुल(गोपीकृष्ण हल)सम्मको रुखमा टाचा लगाउने कार्य समाप्त भयो । चक्रपथ भित्र १०६७ र चक्रपथ बाहिर ९९० वटा बिभिन्न जातका रुखमा टाँचा लगाइएको हो ।’, आयोजना प्रमुख रिमालले भने । तीनति हरियालीसहित निर्माण हुने सडकको दशैंसम्म डीपीआर तयार हुनेछ । सन २०२० अर्थात आगामी माघ महिनादेखि निर्माण व्यवसायी परिचालन गरेर निर्माण कार्य आरम्भ गर्ने कार्यतालिका निर्माण गरिएको पनि प्रमुख रिमालले जानकारी दिए ।

चीन सरकारको सहयोगमा विस्तार भैरहेको चक्रपथको ८ लेनको हुनेछ । सडकका दुबै किनारमा वृक्षारोपण गरि हरियाली बनाईनेछ भने बीच भागमा पनि मेडन राखेर विरुवा रोपिनेछ । कोटेश्वर–कलंकी खण्डमा देखिएका प्राविधिक त्रुटिलाई सच्याउँदै पर्याप्त मात्रामा आकाशे पुल, सोलार लाइट, ट्राफिक लाइट, फुटपाथ लगायतको व्यवस्था गरिनेछ । त्यसका लागि सबै प्रमुख चोकहरु सितापाइला, स्वयम्भु, बनस्थली, बालाजु, माछापोखरी, नयाँ बसपार्क, गोंगम्बु, सामाखुसी, र बसुन्धारा, महाराजगञ्ज, चप्पलकारखाना र सुकेधारामा आकाशे पुलको निर्माण गरिनेछ ।

कलंकी–कोटेश्वर खण्डको काम सम्पन्न भएलगत्तै चीनले कलंकी देखि महाराजगञ्जसम्मको ८.२ किलोमिटर चक्रपथ विस्तारको काम अघि बढाउँन लागेको थियो । अब भने यो खण्ड धोेवीखोलासम्म पुग्नेछ । ३ वर्षभित्र भित्र सक्ने लक्ष्य रहेको यो सडक खण्डको निर्माणका लागि ६ अर्ब लाग्ने अनुमान गरिएको छ ।

महाराजगञ्जका दर्जन घर भत्किने
महाराजगञ्ज चोकका एक दर्जन घर भने भत्काइनेछन् । त्यहाँ चक्रपथ सडकको क्षेत्राधिकार भित्र ठुला ठुला घर निर्माण गरिएको छन् ।

Advertisement

Advertisement

Advertisement