'खड्गप्रसाद ओलीको कानसम्म मेरो कुरा पुर्याइदिने कोही छ ? म त्रिविको उपकुलपति हुन चाहान्छु'

Advertisement

काठमाडौं । एकजना विश्लेषक डा. अम्बरिश पोखरेलले देशकै ठूलो र पूरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको उपकुलपति बनाउन प्रधानमन्त्री खड्गप्रसाद (केपी) ओलीसँग सार्वजनिक अपिल गरेका छन् ।

सामाजिक सञ्जालमार्फत सामाजिक तथा राजनीतिक विकृतिहरुको कटु आलोचना गर्ने विश्लेषक डा. पोखरेलले आफू उपकुलपति भए त्रिविको चमत्कार गर्ने बताउँदै गर्न नसके जेल हाल्न आग्रह गरेका छन् । उनले आफूसँग त्रिवि सुधारका लागि योजना रहेको जिकिर गरेका छन् । उनको यस्तो छः

१. प्रधानमन्त्री तथा पार्टी अध्यक्ष श्री खडकप्रसाद ओलीज्यू, त्रिविको उपकुलपति कम्तिमा पनि चार वर्षको लागि अब मलाई बनाउनुस् । त्रिविभित्र जम्मा पाँच कुराहरु एकसाथ अगाडि बढाउँछु । अनि त्रिविले स्वतः नयाँ रुप लिनेछ ।

२. म योग्य छु अर्थात् मसँग योजनाहरु छन् कसरी त्रिविलाई माथि उठाउने ? ठाउँ दिनुस् देशको उच्चशिक्षा माथि उठाउने टड्कारो आवश्यकता रहेको छ । मौका यही हो त्रिवि सुधार मात्र हैन् गुणात्मक फड्को मार्ने ।

३. यस्तो प्रकारको नियुक्तिको लागि मैले पाँच छ करोडको सुटकेश बोकेर कहीं कतै कुनै कमरेडहरुको घरतिर आउने छैन । तर मैले प्रतिबद्धता जनाउने जम्मा पाँच कुरा विस्तृत रुपमा तपाईंहरुको बीचमा प्रस्तुत गर्न तयार छु । योजनामार्फत चित्त बुझाउने जिम्मेवारी हो । प्रस्तावहरू आव्ह्वान गर्नुस् ताकी ती सबै कुराहरू सार्वजनिक रुपमा बहस गर्न सकियोस् ।

४. मेरा प्रस्तावहरू पूरा गर्न सकिन भने पिएमदेखि राज्यलाई झुटो आश्वासन दिएर लाभको पद लिएको कसुरमा दुई चार वर्ष जेल राख्नुहोस ।

५. बरु नियुक्ति गर्नु अगाडि नै जेल हाल्ने त्यो कानुन पास गर्नुस् । म झन् खुसि हुनेछु, झन् उत्साहित हुने छु मेरा योजना लागू गरेर देखाउन् ताकी अरु नयाँ आउने भिसीहरुलाई त्यो खुशी वा बाध्यता साथमा सधैं रहोस् । देशकै मुहार फेर्ने अवसर प्राप्त हुनेछ । गर्नुस् पिएमज्यू । अब यही गर्नुस् । गर्नुस् यही गर्नुस् । यही उत्तम हो ।

६. सार्वजनिकरुपमा पहिलो पटक मैले मेरो आफ्नै क्षेत्रको नेतृत्व गर्ने अवसरको दाबी गरेको छु । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष श्री खडकप्रसाद ओली, नेकपा कै अध्क्षय तथा भूपू पिएम पुष्पकमल दाहालज्यूलाई मेरो प्रतिवद्धताको पत्र यही हो । पहुंच हुनेहरूले उहाँहरुको कानमा कुरा पुर्याउनु हुनेछ र कन्भिन्स गर्ने कोसिस गर्नुहुनेछ । सार्वजनिकरुपमा यसरी प्रतिबद्धता जनाउनु कुनै सानो कुरा होइन ।

७. सार्वजनिक प्रतिबद्धता जनाउने कुरालाई कसैले गिल्ला गर्नेछन् । त्यो पनि मलार्इ थाहा छ । तर, त्यो मतलव कुरा होइन । मतलब त देशको सबै भन्दा ठूलो विश्वविद्यालयको रूप नै आमूल परिवर्तन गर्ने अवसरको खोजी हो ।

अस्तु ।
ए पोख्रेल ।

Advertisement

Advertisement

Advertisement