गौतम वुद्ध विमानस्थललाई २ महिनाभित्र  डेडिकेटिड लाइन

Advertisement

काठमाडौं । भैरहवामा निर्माण भैरहेको गौतम वुद्ध विमानस्थलका लागि नेपाल विद्युत प्राधिकरणले डेडिकेटिड फिडर लाइन उपलब्ध गराउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र उर्जा मन्त्री वर्षमान पुनबीच डेडिकेटिड फिडर लाइन उपलब्ध गराउने निर्णय भएको हो ।

विद्युतको डेडिकेटिड फिडर लाइनको अभावमा विमानस्थल सञ्चालनमा ढिलाई हुने तथ्य सार्ववजनिक भएपछि मन्त्री भट्टराईले उर्जा मन्त्रीसँग छलफल अघि बढाएका थिए ।

मन्त्री पुनले आगामी २ महिनाभित्र गौतम वुद्ध विमानस्थलमा डेडिकेटिड फिडर लाइन उपलब्ध गराउेन प्रतिवद्धता व्यक्त गरेका हुन् । त्यस अघि सडक विभागले ३ हप्ताभित्र सडकमा रहेका तार तथा विद्युतका पोलहरु स्थानान्तरण गराउने सहमति भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठले गरेका छन् ।

Advertisement

Advertisement

Advertisement