प्रुडेन्सियल इन्स्योरेन्सको सत्रौँ वार्षिक साधारणसभा सम्पन्न

Advertisement

काठमाडौं । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सत्रौं वार्षिक साधारणसभा आइतबार विरगञ्ज, पर्सामा सम्पन्न भएको छ । सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रवणकुमार अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७४/७५को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७४/७५मा१ अर्ब ३७ करोड १६ लाख ९४ हजार ७ सय ४० रुपियाँ  प्रिमियम संकलन गर्न सफलभएको व्यहोरा अध्यक्ष अग्रवालले साधारण सभामा जानकारी गराए । आव२०७४/७५ माकम्पनीले रु. १६ करोड २२ लाख १५हजार ७ सय ३४ रुपियाँ खुद मुनाफा हासिल गर्न सफल भएको छ ।

यस भन्दा अघि कम्पनीको विशेष साधारण सभाले ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय पारित गरिसकेको छ । सो हकप्रद शेयर जारी पश्चातकम्पनीको चुक्तापूँजी १ अर्ब २ करोड ६४ लाख ३२हजार पुग्ने कम्पनीले विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

Advertisement

Advertisement

Advertisement