२८ बाणिज्य बैंकले तिरे २७ अर्ब आयकर, लगानीकर्तालाई ४७ अर्बको बोनस

Advertisement

काठमाडौं । गत आर्थिक वर्षमा २८ वटा बाणिज्य बैंकहरुले २७ अर्ब ८५ करोड ४१ लख ७२ हजार आयकर तिरेका छन् । बैंकहरुले २०७६ असार मसान्त अवधीमा आर्जन गरेको नाफाबाट सो मात्रामा आयकर बुझाएका हुन् । यो आयकर २०७५ असार मसान्तको तुलनामा ३४.४६ प्रतिशतले अर्थात ७ अर्ब २९ करोड १७ लाख २५ हजार रुपैंयाले बढी हो ।२०७५ असार मसान्त अवधीमा यीनै बैंकहरुले २० अर्ब ५६ करोड २४ लाख ४७ हजार रुपैंयाँ आयकर तिरेका थिए ।

सबै भन्दा धेरै आयकर तिर्नेमा नेपाल बैंक परेका छ । यो बैंकले २ अर्ब १ करोड आयकर तिरेको छ । दोश्रो नम्बरमा रहेको नविल बैंकले एक अर्ब ८० करोड रुपैंयाँ आयकर तिरेको छ भने तेश्रो नम्बरको राष्ट्रिय बाणिज्य बैंकले १ अर्ब ७५ करोड आयकर तिरेको छ । चौथो नम्बरमा रहेको कृषि विकास बैंकले भने १ अर्ब ४६ करोड र पाँचौं नम्बरको एनआईसी एसिया बैंकले १ अर्ब ४४ करोड आयकर तिरेको छ ।

त्यसपछि क्रमशः एभरेष्ट बैंकले १ अर्ब ३० करोड, हिमालयन १ अर्ब २१ करोड, नेपाल इन्भेष्टमेन्ट बैंक १ अर्ब १८ करोड, ग्लोबल आईएमई १ अर्ब १४ करोड, नेपाल एसबिआई १ अर्ब २ करोड, सिद्धार्थ बैंक १ अर्ब २ करोड, स्ट्याण्डर्ड चाटर्ड बैंक ९८ करोड, एनएमबी ९६ र सानिमा बैंकले ९५ करोड आयकर बुझाएका छन् ।

त्यस्तै, प्राइम बैंकको ९० करोड, बैंक अफ काठमाण्डूको ८६ करोड, सनराइज बैंक ८५ करोड, माछापुच्छ्रे बैंक ७४ करोड, नेपाल बंगलादेश बैंक ७४ करोड, मेगा बैंक ७३ करोड, सिटिजन्स बैंक ७० करोड, जनता बैंक ७० करोड, लक्ष्मी बैंक ६७ करोड, प्रभु बैंक ६५ करोड, एनसीसी बैंक ६३, कुमारी बैंक ६०, सेञ्चुरी बैंक ३८ र सिभिल बैंकले ३४ करोड आयकर बुझाएका हुन् ।

लाभांश भने ४७ अर्बको
यसैबीच २८ वटा बाणिज्य बैंकहरुको वितरण योग्य नाफा भने ४७ अर्ब ६७ करोड ८४ लाख ४५ हजार रुपैंया कायम भएको छ । यो क्षमता भने २०७५ असार मसान्तको तुलनामा ४.५४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको असार मसान्त अवधीमा यीनै बैंकहरुको तिवरण योग्य नाफा ४९ अर्ब ९४ करोड ८५ लाख ८७ हजार रुपैंयाँ रहेको थियो ।

सबै भन्दा धेरै लाभांश सरकारी बैंकको
पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकको लाभांश क्षमता सबै भन्दा बढी देखिएको छ । यो बैंकले ३ अर्ब ६१ करोड ७३ लाख ९३ हजार रुपैंयाँ बराबरको लाभांश वितरण गर्न सक्छ । नेपाल बैंकले ३ अर्ब ४५ करोड र कृषि विकास बैंकले ३ अर्ब ३१ करोड रुपैंयाँ बराबरको लाभांश क्षमता राख्छन् । नविल बैंकको भने ३ अर्ब १८ करोडको लाभांश वितरण गर्न सक्छ ।

Advertisement

Advertisement

Advertisement