नशाले चुर भएर एयर होस्टेजहरुलाई अभद्र व्यवहार गर्ने भवन भट्टलाई सिल्क एयरले बाहिर निकाल्यो

Advertisement

काठमाडौं । मादक पदार्थ सेवन गरी यात्रा गर्न लागेका गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टलाई सिल्क एयरले शनिबार राति १० बजे बाहिर निकालेको छ । उनी प्रधानमन्त्री केपी ओलीलाई भेट्न भन्दै सिंगापुर जान लागेका थिए ।

जहाजको सिटमा बसिसकेका भट्टलाई जहाजका क्याप्टेन आएर ‘आई क्यान नट फ्लाई विथ यू’ भन्दै बाहिर निकालेका हुन् । भट्टसँगै जान लागेका उनका सहयोगी सनत न्यौपाने पनि बाहिर निकालिएको स्वयम उनले सामाजिक सञ्जालमार्फत स्वीकार गरेका छन् ।

अत्यधिक मादक पदार्थ सेवक गरी आएका भट्टले एयर होस्टेजलाई अभद्र व्यवहार गरेकाले क्याप्टेनले आएर उनलाई बाहिर निकाले थिए । सिल्क एयरको फ्लाइट नम्बर एसएलके ४१३ (कल साइन एमआइ ४१३) विमानमा मदिरा सेवन गरेर होहल्ला गर्दै चालक दलका सदस्यहरुलाई अभद्र व्यवहार गरेपछि क्याप्टेनले बाहिर निस्किन पटक पटक आग्रह गरेको र नमानेपछि विमानस्थल प्रहरीलाई बोलाएर दुई जनालाई बाहिर निकालिएको थियो ।

रक्सीको नशामा रहेका भट्टले विमानस्थलका कर्मचारी र ड्युटीमा रहेका प्रहरीलाई समेत अभद्र व्यवहार गर्दै जहाज चढ्न अघि बढेका थिए । न्यौपानेले भने भट्टको कारण नभई आफ्नो कारण भट्ट डिपोर्ट भएको भनेर उनलाई चोख्याउने प्रयास गरेका छन् ।

Advertisement

Advertisement

Advertisement