सिभिल लघुवित्तले सेयरधनीलाई १० प्रतिशत बोनस दिने

Advertisement

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७५।०७६ को मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस वितरणको प्रस्ताव गरेको छ । असोज ५ गते बसेको १३८ औं सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

हाल लघुवित्तको चुक्ता पूँजी ११ करोड ४१ लाख १४ हजार रुपियाँ रहेको छ । प्रस्ताव अनुसार बोनस सेयरबापत ५७ लाख ५ हजार ७०० रुपियाँ र नगद लाभांस ५७ लाख ५ हजार ७०० रुपियाँ हुनेछ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी साधारणसभाबाट वितरण गरिने संस्थाले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७४।०७५ मा लघुवित्तले ४ प्रतिशत बोनस सेयर र ३.८९ प्रतिशत नगद गरि कूल ७.८९ प्रतिशत लाभांश वितरण गरेको थियो।

Civil-bank

Advertisement

Advertisement

Advertisement