दशैंमा सरकारले तीन हजार खसी–बोका र च्याङ्ग्रा बिक्री गर्ने

Advertisement

काठमाडौं । दैसैंमा सरकारलेतीन हजार खसि बोका र च्याङ्ग्रा बेच्ने भएको छ।

उद्योग वाणिज्य तथा अपुर्ती मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै १३ गतेदेखि खसी बोका र च्याङ्ग्रा सहुलियत मूल्यमा विक्रि गर्ने जनाएको हो। निजी क्षेत्रले मात्रै खसी–बोका बेच्दा कालो बजारीले प्रत्सय नपाओस भन्ने उदेश्यले विगत देखिनै सरकारले दसैमा खसी–बोका विक्रि वितरण गर्दै आइरहेको थियो।

उपभोक्ताले खसी–बोका सरकारले संचालन गरेको सहुलियत मूल्य पसलमा खरिद गर्न सक्नेछन्।

त्यस्तै दसैंमा भारतीय खसी–बोकाको आयात भने हुने छैन। गत वर्षको दसैंमा काठमाडौंमा कुल मागको ७० प्रतिशत भारतीय खसी–बोकाले धानेपनि यो वर्ष गाउँ गाउँबाट खसी बोका आयात गर्ने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ।

काठमाडौको माग घान्न बाख्रा व्यवसायी सङ्घबाट २७ हजार, हेफर नेपालको कार्यक्रम लक्षित बाख्रापालक कृषक समूहबाट १५ हजार, कृषकबाट खुद्रा रूपमा ७ हजार र बाख्रा व्यापारीहरूबाट १२ हजारदेखि १५ हजारसम्म खसी–बोका उपलब्ध हुने मन्त्रालयले जनाएको छ।

Advertisement

Advertisement

Advertisement