त्रिदेशीय टी-२० सिरिजः सिंगापुरविरुद्ध नेपालको शानदार जित, पारसको कीर्तिमानी सतक

Advertisement

काठमाडौं । त्रिकोणात्मक सिरीजअन्तर्गत शनिबार भएको खेलमा नेपालले सिंगापुरविरुद्ध नौ विकेटको शानदार जित दर्ता गरेको छ । क्याप्टेन पारस खड्काको कीर्तिमानी सतकले नेपालले जित दर्ता गर्न सफल भएको हो ।

त्रिदेशीय टी-२० सिरिजको दोस्रो खेलमा सिंगापुरले नेपाललाई १५२ रनको चुनौति दिएको थियो । टस जितेर पहिलो ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५१ रन बनाएको थियो ।

नेपालले पारसको सतकको मद्दतमा १६ ओभरमा एक विकेट गुमाएर शानदार जित दर्ता गर्न सफल भयो । सुरुमा फितलो रहेको खेल कप्तान पारस र अरिफ सेखले सम्हालेका थिए । उनीहरुले ४५ रनको साझेदारी गरेका थिए । अविजीत रहेका पारसले ५२ बलमा सात चौका र नौ छक्का प्रहार गर्दै एक सय ६ रन बनाउँदै टी-२० मा सतक बनाउने पहिलो खेलाडी बनेका छन् ।

Advertisement

Advertisement