चिनियाँ राष्ट्रपतिसँग उठाइने एजेण्डाबारे ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श गर्ने

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा उठाइने मुद्दाहरुका बारेमा पूर्वप्रधानमन्त्रीदेखि परराष्ट्रमन्त्रीहरुसँग परामर्श गर्ने तयारी गरेका छन् । चिनियाँ राष्ट्रपति शनिबार आउने निश्चित भएपछि उनले बिहीबार पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरुलाई छलफलका लागि निम्तो गरेका छन् ।

विगतमा पनि यस किसिमको परामर्श लिने चलन रहँदै आएकोमा प्रधानमन्त्री ओलीले यसलाई निरन्तरता दिन लागेका हु्न ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ यो भ्रमण चीनबाट २३ बर्षपछि हुन लागेको उच्चस्तरीय भ्रमण हो । यस्तो छलफलले छिमेकीहरुसँगको सम्वन्धका महत्वपूर्ण मुद्दाहरुमा साझा सहमति कायम गर्न मद्दत गर्नेछ ।

Advertisement

Advertisement

Advertisement