संखुवासभामा पाँच किलो सुनसहित तोप्चेन भोटे पक्राउ

Advertisement

संखुवासभा । भोटखोला गाउँपालिका–५ मा पाँच किलो सुन र नगदसहित सोमबार पक्राउ परेका तोप्चेन भोटेलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले बुधबार सार्वजिनक गरेको छ ।

२६ वर्षीय तोप्चेनलाई तीन करोड सात हजार पाँच सय मुल्य बराबरको सुन र नगद ३८ हजार ८९ रुपियाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी डिएपी प्रमुख मीमबहादुर लामाले जानकारी गराए ।

जिल्लाप्रहरी कार्यालयमा पत्रकार सम्मेलन मार्फत अवैधरुपमा चीनबाट किमाथांका नाका हुँदै सुन खाँदबारी ल्याउने क्रममा सुराकीको आधारमा पक्राउ गरिएको प्रहरी प्रमुख लामाले बताए । मकालु गाउँपाकिला–४ घर भएका शेर्पाले चीनबाट भन्सार चोरी पैठारी गरी अवैध रुपमा रिदाकको बाटो हुँदै सुन खाँदबारी ल्याउन लागिएको थियो । प्रहरीले भोटखोला–२ घट्टेखोलाबाट शेर्पालाई पक्राउ गरेको हो । शेर्पाले शोलामा माथि विस्कुट छुर्पी तथा चकलेट राखेको र त्यसभित्रको गोजीमा लुकाएर राखेको पाँच थान टिल सुन चेपुवा प्रहरी चौकी चेपुवाको प्रहरीले खानतलासी गर्दा फेलापरोको थियो ।

पक्राउ परेका तोप्चेनलाई बरामद सुनसहित थप कानूनी प्रक्रिया अघि बढाउन राजश्व अनुसन्धान विभाग सरिहर भावन ललितपुर पाठाइने प्रहरी प्रमुख लामाले जानकारी गराए । भोटे यस अघिबाट चोरी पैठारीको गटनामा संलग्न रहेको प्रहरी अनुसान्धमा खुलेको छ । सांगठनिक गिरोह नै संलग्न रहेकाले यस घटनामा अन्य व्यक्तिहरुसमेत संलग्न रहेको प्ररम्भिक अनुसन्धानका क्रममा खुलेको प्रमुख लामाले बताए । यस घटनामा संलग्न अन्यको पनि खोजी भइरहको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement