नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक बन्ने हो ? २७५ रुपैयाँमा आवेदन दिनुस्

Advertisement

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको २९ हजार ३ सय ८० कित्ता संस्थापक सेयर लिलामी हुने भएको छ । बैंकले एक सय रुपैयाँ मूल्य अंकित दरका सेयर न्युनतम २ सय ७५ रुपैयाँमा आवेदन गर्न भनेको हो ।

बैंकले एनआइबीएल एस क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ । कात्तिक २८ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । पाँच सय रुपैंयाको फारम किनेर सेयर आवेदन गर्न सकिनेछ । न्युनतम ३ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

हाल दोस्रो बजारमा बैंकको संस्थापक शेयर ४१२ रुपैयाँमा कारोबार भैरहेको छ भने साधारण सेयर ४४२ रुपैयाँमा किनबेच भैरहेको छ ।

Advertisement

Advertisement

Advertisement