संघीयता कार्यान्वयन गर्न यूएसएडले निरन्तर सहयोग गर्ने

Advertisement

काठमाडौं । संघीयता कार्यान्वयन गर्न आफूहरुले निरन्तर सहयोग गर्ने यूएसएडकी एसिया ब्यूरोकी उपप्रशासक ग्लोरिया डी स्टिलेले बताएकी छन् ।

अर्थमन्त्री युवराज खतिवडासँग बिहीबार भएको भेटमा उनले संघीयता कार्यान्वयनसहित नेपालको आर्थिक सामाजिक रुपान्तरणका लागि सहयोग जारी राख्न तयार रहेको बताएकी हुन् । स्टिलेले विशेषगरी प्रदेश र स्थानीय तहको क्षमता बढाउन अन्य विकास साझेदारहरुसँग मिलेर काम गर्न यूएसएड तयार रहेको बताइन् ।

मन्त्री खतिवडाले नेपाल सरकार बजेटको प्रभावकारी कार्यान्वयन गर्न, सार्वजनिक वित्त व्यवस्थानलाई पारदर्शी र जिम्मेवार बनाउन प्रतिवद्ध रहेको बताउँदै थप सहयोगका लागि आग्रह गरे । उनले दोहोरो तेहेरो करलाई घटाएर बजेटको प्रभावकारी खर्च बढाएकाले डुइङ बिजेनशमा सरकारले राम्रो प्रगति हासिल गर्न सकेको दावी गरे ।

भेटमा अमेरिकी राजदूत र्याण्डी बेरी पनि सहभागी थिइन् ।

Advertisement

Advertisement

Advertisement