नेपालमा कोस्टारिकाको मानार्थ महाबाणिज्य दूतावासको उद्घाटन

Advertisement

काठमाडौं । नेपालमा कोस्टारिकाको मानार्थ महाबाणिज्य दूतावास सञ्चालनमा आएको छ । ग्लोबल इक्विटि फण्डको सानेपास्थित अवैतनिक महाबाणिज्यदूतको कार्यालयको बुधबार भारतका लागि कोस्टारिकाकी कार्यबहाक राजदूत सोफिया सालामले उदघाटन गरिन् । 

कार्यालय उदघाटनपछि कोस्टारिकाका लागि अवैतनिक बाणिज्यदूत डा. मनिष थापा र कार्यबहाक राजदूत सालामसहितको उपस्थितिमा ठमेलमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, साँसद, व्यवसायी, अवैतनिक महाबाणिज्यदूत, नेपालका कुटनीतिक निकायका प्रतिनिधि उपस्थित थिए । 

Advertisement

कार्यक्रममा मन्त्री गिरीले कोस्टारिकाको महाबाणिज्यदूतमा थापाको नियुक्तिले दुई देशबीचको व्यापार तथा लगानीमा अभिवृद्धि हुने विश्वास व्यक्त गरे । उनले शान्ति र प्रकृतिको संरक्षणमा कोस्टारिका अग्रगामी रहेको भन्दै नेपाल जस्ता देशले यसबाट पाठ सिक्नुपर्ने बताए । 
 

Advertisement

Advertisement