title

Advertisement

व्यवसायिक मेलमिलाप विषयक अन्तरक्रिया कार्यक्रम

काठमाडौं । व्यवसायिक मेलमिलापको वढदो आवश्यकता र यस्ले व्यवसाय क्षेत्रलाई पुग्ने सहयोगका वारेमा छलफल गर्ने उद्देश्यले संयुक्त रुपमा यो कार्यक्रम आयोजना गरेको छ । परिषदका अध्यक्ष माननीय न्यायाधिश ईश्वर प्रसाद खतिवडाज्यूवाट प्रमुख आथित्यता गरी हौसला प्रदान गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा स्थापित व्यवसायिक मेलमिलाप केन्द्रको उद्घाटन गर्दै खतिवडाले मेलमिलाप केन्द्र व्यवसायिक विवादको समाधानमा प्रभावकारी माध्यम बनाउन पनि सुझाब दिएका थिए। केन्द्रको उद्घाटन खतिवडा र महासंघकी अध्यक्ष भवानी राणाले संयुक्त रुपमा गरेका छन्।

उद्घाटनपछि व्यवसायिक मेलमिलापको बढ्दो आवश्यकता र यसले व्यवसाय क्षेत्रलाई पुग्ने सहयोगका विषयमा छलफल पनि गरिएको थियो।

खतिवडाले व्यवसायिक विवादको छिटो, छरितो र मितव्ययी ढंगबाट समाधान नै व्यवसायिक मेलमिलाप भएको बताए। ुत्यही भएर सर्वोच्च अदालतले समेत व्यवसायिक मेलमिलापलाई उच्च प्राथमिकतामा राखेर यस्ता केन्द्र स्थापना गरी यही केन्द्रका माध्यममार्फत समस्या समाधानमा जोड दिएको छ, उनले भने।

राणाले मेलमिलाप केन्द्रलाई व्यवसायिक विवाद समाधानको उपयुक्त माध्यमका रूपमा आत्मसाथ गर्नु पर्ने बताइन्। उनले मेलमिलापबाट छिटो, छरितो र सजिलोसँग विवाद समाधान हुन सक्ने भएतापनि कतिपय व्यवसायिक विवादलाई अनावश्यक रूपमा अदालतसम्म पुर्याउने काम पनि भइरहेको बताइन्।

विवादलाई इज्जत र प्रतिष्ठाको विषय बनाउने प्रवृत्तिले गर्दा विवादित पक्षले निकै ठूलो नोक्सानी व्यहोर्नु परेकाले व्यवसायिक मेलमिलापलाई विवाद समाधानको महत्वपूर्ण माध्यमको रूपमा निजी क्षेत्रले स्वीकार गर्नुपर्छ, उनले भनिन्।

अध्यक्ष राणाले महासंघले संस्थागत व्यवस्था गरी मेलमिलापको सेवा उपलव्ध गराउने, मेलमिलाप पद्धतिलाई भरपर्दो र व्यवस्थित तरिकाले प्रवर्द्धन गर्ने उद्देश्यले केन्द्र स्थापना गरेको पनि स्पष्ट पारिन्।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले व्यवसायिक एवं आर्थिक कारोवार गर्ने पक्षहरूबीच उत्पन्न हुने विवाद समाधानमा महासंघमा स्थापित केन्द्रलाई प्रभावकारी ढंगमा अगाडि बढाउने प्रतिवद्धता जनाए।

व्यवसायिक मेलमिलाप निजी क्षेत्रको लागि महत्वपूर्ण सरोकारको विषय भएतापनि यो पद्धतिलाई व्यापक रूपमा प्रयोग गर्न नसकिएको सन्दर्भमा महासंघले यसको महत्वलाई बुझाउन आम रूपमा निजी क्षेत्र माझ लैजाने विश्वास समेत दिलाए। कार्यक्रममा पूर्व न्यायधिश केशरीराज पण्डित र वरिष्ठ अधिवक्ता एवं मेलमिलाप परिषदका सदस्य मात्रिकाप्रसाद निरौलाले कार्यपत्र प्रस्तुत गरेका थिए।

Advertisement

Advertisement

Advertisement