नक्कली भ्याटबिल कारोबार भारतीय विरुद्ध ११ करोडको मुद्धा

Advertisement

काठमाडौं । नक्कली भ्याटबिल कारोबारी भारतीय नागरिक विरुद्ध ११ करोड १९ लाख ८४ हजार १ सय ६४ रुपैयाँको मुद्धा दायर भएको छ ।

राजश्व अनुसन्धान विभागले हस्पी इन्टरनेशनलका कारोबारी भारतीय नागरिक केशब बंशल, फर्मका प्रोप्राइटर रामसुन्दर रायभर श्याम ट्रेडर्सका प्रोप्राइटर राकेश पाण्डे विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्धा हालेको हो ।

उनीहरुले नक्कली भ्याटबिल खरिद बिक्रि गरि राजश्व चुहावट गरेको आरोपमा विभागले बिगोको दोब्बर जरिवाना र ३ वर्षसम्म कैद सजायको माग गरि मुद्धा दायर गरेको महानिर्देशक दिर्घराज मैनालीले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement