म्याग्दी । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीको शव एक हप्तासम्म पनि सङ्कलन हुन सकेको छैन् । सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच पर्वतारोहीको शव उठाउन र ल्याउन समस्या भएको छ । प्रतिकुल मौसम र भूगोलका कारण धौलागिर...
चितवन । चितवनको भरतपुर महानगरपालिका–१५ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम जारी छ । रङ्गशाला निर्माण कार्य दसैँमा पनि रोकिएको छैन । हालसम्म रङ्गशालाको १० प्रतिशत काम सकिएको छ । भरतपुर महानगरपालिकाले सङ्घ र प्रदेश सरकारसँग सहकार्य गरेर रङ्गशा...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४६...
–प्राडा विश्वम्भर प्याकुर्याल– केही वर्षदेखि नेपालमा बाढीको प्रकोपले बहुक्षेत्रीय अकल्पनीय क्षति पु¥याउन थालेको छ । धेरै जिल्लाका सयौँ गाउँ बाढीमा पुरिएका छन् । पानीको आपूर्तिमा व्यवधान आएको छ र जति आपूर्ति भएका छन् ती प्रदूषित छन् । अब विशेष गरेर...
काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्...
काठमाडौँ । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन् । निर्माण सम्पन्न भएको लामोसमयसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको गौतमबुद्ध विमानस्थलमा अब अन्...
काठमाडौं । आजभन्दा ११३ वर्षअघि अर्थात् वि.स. १९६८ मै एसिया क्षेत्रकै सबैभन्दा ठूलो जलविद्युत् परियोजना नेपालमा बनेको थियो । तथापि, जलविद्युत इतिहासमा हालसम्ममा नेपाल एसियाका अन्य मुलुकहरुको तुलनामा पछिनै छ । तर पछिल्लो समय नेपालमा विद्युत् उत्पादन बढ्दै गएको छ । एक ...
–रिसव गौतम– हालैको आर्थिक प्रक्षेपण र अवस्थाको मूल्याङ्कनका हिसाबले दुई महत्वपूर्ण अन्तर्राष्ट्रिय संस्थाहरुले नेपालको अर्थतन्त्र सुधारिँदै गएको टिप्पणी गरे । एशियाली विकास बैंक (एडिबी) र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) दुवैले नेपालको अर्थतन्त्रमा खासगरी कृष...
काठमाडौं । लमजुङको मकैडाँडामा जिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । सो जिल्लाको सारिङबाट बेंशीशहर जाँदै गरेको ग १ ज ८५५१ नम्बरको जिप दुर्घटना भएको हो । आज (आइतबार) दिउसो भएको दुर्घटनामा घाइते हुनेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको उनीहरुलाई उप उ...
काठमाडौं । बडादशैंमा यसबर्ष काठमाडौं उपत्यकामा तुलनात्मक रुपमा चहलपहल बढी देखिएको छ । विगत वर्षका दशैंमा भन्दा यस बढी चहलपहल देखिएको हो । फूलपातीदेखि नै सुनसान हुने काठमाडौंका सडकहरु विगतको तुलनामा बढी चहलपहल देखिए । असोज दोस्रो साता परेको अविरल बर्षापछि आ...
मकवानपुर । हेटौँडा कुलेखानी फाखेल भएर काठमाडौँ जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा सडक बिग्रेकाले वैकल्पि बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ । इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक ललिता ढकालले हेटौँडाबाट काठमाडौँ ...
धुलिखेल । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५० किलोमा सडकमाथिबाट खसेको सुक्खा पहिरोका कारण अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले आज बिहान ९ बजे...
काठमाडौं । बडादशैंमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुको चाप बढेको छ । आन्तरिक र अन्तर्राष्ट्रिय उडान दुवैतर्फ यात्रुको चाप देखिएको हो । असोज २४ र २६ गते आन्तरिक र अन्तर्राष्ट्रिय दुवैगरी ६३ हजारभन्दा बढीले हवाई यात्रा गरेकोको तथ्यांक छ । आन्तरिक र अन्तर्राष्ट्रि...
दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटक दसैँको टीका लगाउन पाउँदा दङ्ग परेका छन् । केही दिनदेखि बन्दीपुरमा रहेका विभिन्न देशका पर्यटक शनिबार दसैँको टीका लगाउन पाउँदा दङ्गसँगै खुसी भएका थिए । बन्दीपुरस्थित होटल हिमालय दरबारमा ...
वासिङटन । चिनियाँ विद्युतीय सवारी साधन (इभी) मा ४५ प्रतिशतसम्म खतिरिक्त कर लगाउने इयूको निर्णय ‘पारस्परिक लाभको वार्ताको मार्ग प्रशस्त गर्ने कदम नभई व्यापार युद्ध सुरु गर्ने कडी हो र यसले दुवै पक्षलाई अनावश्यक पार्ने शुक्रबार ब्लुमबर्गमा प्रकाशित एक लेखमा भनिएको छ। ...
काठमाडौं । सुख्खा पहिरो खसेपछि अरनिको राजमार्ग अवरुद्ध भएको छ । काभ्रेको पाँचखाल–८ मा गएराति खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि टीका लगाउन तथा आफ्नो गन्तव्यमा हिँडेका यात्रुहरु अलपत्र परेका छन् । सो क्षेत्रमा सवारी साधनको लामो ल...
काठमाडौँ । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेकाले आज यी स्थानमा बदली र वर्षाको सम्भावना रहेकोे जल तथा मौसम विज्ञान...
काठमाडौं । नेपाल राष्ट्र बैंकल आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, अमेरिकी डलर एकको खरीददर १३४ रुपियाँ २० पैसा र बिक्रीदर १३४ रुपियाँ ८० पैसा रहेको छ । युरोपियन युरो एकको खरीददर १४६ रुपियाँ ६६ पैसा र बिक्रीदर १४७ रुप...
तनहुँ । बडादसैँलाई लक्षित गरी यहाँ गरिएको बजार अनुगमनका क्रममा रु तीन लाख बढीको सामान नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन तनहुँका प्रमुख ज्योति आचार्यले कार्य क्षेत्रका पाँच जिल्लामा चाडपर्व लक्षित बजार अनुगमन गर्दा सो परिणाममा अखाद्य सामान न...
काठमाडौं। लगभग चार महिनापछि नेपालबाट मनसुन बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार यसवर्ष असार लाग्दा नलाग्दै शुरु भएको मनसुन झण्डै असोज अन्तिमसम्म नै चलेको हो । दशैंअघि असोज ११ र १२ गते आएको अविरल वर्षा, वर्षापछिको बाढी पहिर...
काठमाडौं । रतन टाटाको निधनसँगै टाटा ट्रष्ट र टाटा समूहअन्तर्गतका अन्ष् ट्रष्टहरुको नेतृत्व उनका सौतेनी भाई नोयल टाटाले पाएका छन् । गएको बुधवार राति ८६ वर्षको उमेरमा टाटा ट्रष्टका अध्यक्ष रतन टाटाको निधन भएको थियो । उनको निधन भएको ४८ घण्टा नबित्दै टाटा ट्रस्टको अ...
काठमाडौं । बेमौसमी वर्षा, बाढी पहिरोका कारण प्रभावित पीडितहरुका साथै बेसहारा, घरबारबिहिन अनाथ बालबच्चाको राहत तथा उद्धारका लागि भोलि आइतारदेखि मेची–महाकाली उद्धार यात्रा शुरु हुने भएको छ । समाजसेवी आनी छोइङ डोल्मा फाउन्डेसनसँगको सहकार्यमा मानवसेवा आश्रमले ...
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दसैँ अघि नै निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने प्रतिबद्धता जनाउनुभएको भएपनि व्यवसायीले भुक्तानी रकम पाउन सकेनन् । मन्त्री दाहालले कात्तिकसम्म निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने तयारी भइरहेक...
काठमाडौँ । दशैंमा टन्न खाएर रमाइलो गर्ने आम सोचाइ नै छ । नेपालीहरुको विशेष पर्व भएकाले पनि यस समयमा माछामासुका धेरै परिकार खाने चलन पनि छ । धेरैले दसैंलाई ‘नयाँ लुगा लाउने, मीठो खाने’ चाडका रुपमा पनि लिन्छन् । सबैको घरमा यतिबेला मांसाहारी, शाकाह...
काठमाडौँ । “एक दिन मात्रै भए पनि बिदा थपिदिनुस् न त दसैँको टीका लगाएर प्लेन चढ्छु भनेको थिए, मलेसियाबाट कम्पनी साउले बरु जागिर छाड्न सक्छौँ बिदा थप्न मिल्दैन भन्यो, मेरा लागि अहिले दसैँ र परिवारभन्दा जागिर प्यारो भयो सर”, सर्लाहीका अजय मेहताले भने । ...