काठमाडौं । बेमौसमी वर्षा, बाढी पहिरोका कारण प्रभावित पीडितहरुका साथै बेसहारा, घरबारबिहिन अनाथ बालबच्चाको राहत तथा उद्धारका लागि भोलि आइतारदेखि मेची–महाकाली उद्धार यात्रा शुरु हुने भएको छ । समाजसेवी आनी छोइङ डोल्मा फाउन्डेसनसँगको सहकार्यमा मानवसेवा आश्रमले मेची महाकाली राष्ट्रिय उद्धार यात्रा गर्न लागेको हो ।
यस राष्ट्रिय उद्धार यात्राको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् भने उनलाई उद्घाटन समारोहमा आलीलाई श्रीमती राधिका शाक्यले साथ दिनेछिन् । यात्रा आइतबार अपराहन्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट हुनेछ ।
यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा र मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीसहित ५० जना यात्रीहरू रहनेछन् । कूल ३२ दिनसम्म चल्ने यो यात्रामा यात्रीहरू असोज २७ गतेदेखि कार्तिक १ गतेसम्म चल्नेछ ।
यसअघि यस्तै ३ वटा मेची महाकाली राष्ट्रिय उद्धार यात्रा सम्पन्न भइसकेको छ । पहिलो मेची महाकाली राष्ट्रिय उद्धार यात्रामा ७५८ जना र अघिल्लो वर्ष भएको मेची महाकाली राष्ट्रिय उद्धार यात्रामा ३०४ जनाको उद्धार भएको थियो आश्रमले जनाएको छ ।