संवैधानिक नियुक्तिमा हामी होइन्, ओली बाधकः काँग्रेस, आफूहरुले बार्गेनिङ नगरेको दाबी

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो कारणले नभई प्रधानमन्त्रीका कारण संवैधानिक नियुक्तिमा ढिलाई भएको बताएको छ । प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक निकायमा रिक्त रहेका पदमा नियुक्ति हुन नसकेको काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । 

काँग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गरेको व्यक्ति प्रधानमन्त्रीले नरुचाउँदा प्रधानमन्त्री शेरबहादुर देउवाले संवैधानिक परिषदको बैठक बोलाउन आनाकानी गर्दै आएका छन् । 

Advertisement

प्रधानमन्त्री केपी ओलीले गर्नुपर्ने कामहरुलाई आफ्नो प्राथमिकतामा नराखेर गर्न नहुने कामहरुमा अग्रसरता बढाएको शर्माको तर्क छ । उनले लामो समयसम्म रिक्त रहेको संवैधानिक आयोगका पदहरु पूर्तिका लागि ध्यान दिन नसक्नु सरकार र प्रधानमन्त्रीको कमजोरी भएकाले यसको अपजस प्रतिपक्षीलाई दिन नहुने तर्क गरेका छन् । 

शेरबहादुर देउवाले पूर्वडीआईजी जउबहादुर चन्दलाई अख्तियारको आयुक्त बनाउन खाजेका छन् । चन्दलाई नेपाल प्रहरीको आईजीपी बनाउने निर्णय सर्वोच्च अदालतले उल्टाएपछि देउवाले उनलाई अख्तियारको आयुक्त बनाउने आश्वासन दिएको बताइँदै आएको छ । तर, प्रधानमन्त्री ओली भने सकेसम्म अख्तियारमा काँग्रेसलाई नदिए, दिए पनि चन्दलाई नभई अर्को व्यक्ति पठाउनुपर्ने अडान राखेपछि कुरा मिल्न सकेको छैन् । 

प्रवक्ता शर्माले राम्रा कामहरुको जस सरकारले लिन खोज्नु स्वभाविक भएपनि काममा ढिलासुस्ती, गर्न नसकेकारनगरेका कामहरुमा प्रतिपक्षीलाई दोषी देखाउने प्रवृति ओलीमा रहेको आरोप लगाएका छन् । 

१३ वटा संवैधानिक आयोगमध्ये अहिले १० वटा आयोगमा ३९ पद रिक्त रहेका छन् । प्रतिपक्षी दलले बार्गेनिङ गरिरहेका कारण पदपूर्तिमा ढिलाइ भइरहेको भन्दै प्रचार भइरहेका बेला शर्माले लामो समयसम्म प्रदेशहरुको नामाकरण समेत गर्न नसक्ने सत्तारुढ दलले संवैधानिक निकायमा प्रतिपक्षीका कारण पदपूर्ति गर्न नसकिएको भनेर प्रचार गर्न नहुने बताएका छन् । 

उनले कुनै पनि नियुक्ति गर्दा हामीलाई यो पद दिनुपर्छ भनेर बिन्ती नचढाएको बताउँदै र आफूहरुले पदका लागि कुनै बार्गेनिङ नगरेको बताएका छन् । समाचारअनुसार सरकारले काँग्रेसका सभापति शेरबहादुर देउवालाई बिहीबार यस विषय टुँग्याउन बोलाउने तयारी गरेको छ । 

Advertisement

Advertisement