एक हजार ३ सय २५ जना कोरोना संक्रमित थपिए, उपत्यकामै ७६७ जना

Advertisement

काठमाडौँ । एक हजार ३ सय २५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज नियमित प्रेस ब्रिफिङ मार्फत उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । आज थपिएकासहित कोरोना संक्रमितको कूल संख्या ६३ हजार १ सय २२ पुगेको छ । 

मन्त्रायलका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजै १० जनाको मृत्यु भएको छ भने मृत्यु हुनेको कूल संख्या ४ सय ११ पुगेको छ । 

Advertisement

आजैमात्र १ हजार ४ सय ४७ जना कोरोना निको भई घर फर्केका छन् । हालसम्म ४६ हजार २ सय ३३ जना कोरोना मुक्त भएको र हाल १७ हजार ४ सय ७८ जना सक्रिय कोरोना संक्रमित रहेको प्रवक्ता डा. गौतमले बताए । 

आज थपिएका संक्रमित मध्ये काठमाडौँ उपत्यकाका मात्रै ७६६ जना छन् । ती मध्ये काठमाडौँका ६०२ जना, भक्तपुरका १०१ जना र ललितपुरका ६४ जना छन् । 

Advertisement

Advertisement