नबिल बैंकले शुरु गर्यो ‘नबिल ग्रीन पिन’ सेवा

Advertisement

काठमाडौँ । आफ्ना डेविट, क्रेडिट, तथा प्रिपेड कार्ड प्रयोगकर्ताहरुलाई सहज र सुरक्षित रुपमा बैंकको कुनै पनि एटिएमबाट कार्डको पिन सेट अथवा रिसेट गर्ने सुबिधा प्रधान गर्न नबिल बैंकले ‘नबिल ग्रिन पिन’ सेवाको सुरुवात गरेको छ । 

नया“ पद्धतीको बैंकिङ्ग सेवा र सुविधा आफ्ना ग्राहकहरुलाई उपलब्ध गराउन सधैं तत्पर नबिल बैंकले ग्रिन पिन सेवा मार्फत आफ्ना नयां“ ग्राहकलाई नयां पिन सेट गर्न र पूराना ग्राहकहरुलाई बिर्सिएको पिन स्वयम्ले रिसेट गर्ने सुबिधा प्रधान गरेको छ ।

Advertisement

यस सन्दर्भमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, “अब हाम्रा ग्राहक महानुभावहरुले बैंकद्वारा जारी गरिएको कुनै पनि कार्डको पिन सेट गर्नु परेमा वा पिन बिर्सनुभए बैंक शाखामा आएर पिन रिसेटका निम्ति आवेदन दिईरहनु पर्दैन । अब ग्राहक महानुभावहरुले नजिकैको नबिल बैंकको एटिएमबाट सहजै आफैले पिन रिसेट गर्न सक्नुहुनेछ ।”

ग्रिन पिन मार्फत पिन सेट अथवा रिसेट गर्न ग्राहकहरुले नजिकैको नबिल बैंकको एटिएममा गई कार्ड मसिनमा राखेर जेनेरेट ओटीपी फर पित मेनु छान्नु पर्नेछ । त्यस पश्चात ग्राहक महानुभावहरुले बैंकमा दर्ता गर्नु भएको मोबाइल नम्बरमा २४ घण्टाको म्याद रहेको ओटीपी प्राप्त हुनेछ । त्यस पश्चात ग्राहकहरुले इन्टर ओटीपी टु चेञ्ज योर पिन मेनु छनौट गरि प्राप्त भएको ओटीपी राखेर पिन सेट अथवा रिसेट गर्न सक्ने छन् । 

बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले ग्रिन पिन सेवा मार्फत बैंकले पिन प्रिन्ट गर्न प्रयोग हुने कागजको र पिनलाई प्याक गर्न प्रयोग हुने प्लास्टिकको उपभोग घटाउदै वातावरण मैत्री सेवाको सुभारम्भ गरेको बताए ।  

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा यसरी जुनसुकै स्थान र समयमा पिन सेट तथा रिसेट गर्न सकिने सुविधाले ग्राहक महानुभाहरुलाई सुरक्षित र सहज सेवा प्राप्त हुने भन्ने बैंकको अपेक्षा छ ।

Advertisement

Advertisement