सामसुङ ग्यालेक्सी जेड फोल्ड २ को प्रि–बुकिङ अब स्मार्ट डोकोमा

Advertisement

काठमाडौँ । लामो प्रतीक्षा पछि सामसुङ ग्यालेक्सी जेड फोल्ड २ को लागि प्रि–बुकिङ अब स्मार्टडोकोमा रु. २,४९,९९९/– मा उपलब्ध गराइएको छ । यस स्मार्टफोनमा ग्लास स्क्रिन राखिएको छ, जसमा किताब जस्तै फोल्ड गर्न र ह्यान्ड्स फ्री क्यामेरा छ जुन तपाईले हात वेभ गर्दा शुट हुन्छ ।

प्रि–बुकिङ गर्दा रु.  १९,९९९/– मुल्यको सामसुङ ग्यालेक्सी बर्डस् लाइफ निःशुल्क पाईनेछ र ग्राहकहरुले १ पटकको लागि १२ महिनाको ब्रेकेज बीमा पनि प्राप्त गर्न सक्ने छन् । ग्राहकहरुले रु. ५,००० प्रि–बुकिङको लागि भुक्तानी गर्नुपर्ने हुनेछ र बाँकी ह्यान्डसेट पाउनु भएपछि भुक्तानी गर्नुपर्ने छ । 

Advertisement

“अघिल्लो समयहरुमा सामसुङको फोल्डिङ फोनहरु नेपालमा नभित्रिदा पनि अहिले भने हामीले नेपालमै पहिलो पटक सामसुङको ग्लालेक्सी जेड फोल्ड २ स्मार्टफोन  स्मार्टडोकोबाट प्रि–बुकिङ्ग गराउन पाउँदा हामी अत्यन्तै उत्साहित छौं । यस स्मार्टफोन  एकदमै राम्रो र अपग्रेड भर्जनको साथ नेपाली बजारमा उपलब्ध गराईनेछ ।” – आईएमएस ग्रुपका अध्यक्ष तथा सीईओ दिकेश मल्होत्राले बताए । 

स्मार्टडोकोबाट प्रि–बुकिङ असोज २८ गते सम्म मात्र खुल्ला गरिएको छ । स्मार्टडोकोले नेपाल भरी निःशुल्क डेलिभरी गर्ने जनाएको छ ।
 

Advertisement

Advertisement