अपि पावरको ५६ करोड ७० लाख रुपियाँको हकप्रद शुक्रबारदेखि

Advertisement

काठमाडौँ । अपि पावर कप्पनीले शुक्रबारदेखि ५६ करोड ७० लाख रुपियाँको हकप्रद सेयर निष्कासन गर्दैछ । हकप्रदमा मंसिर ४ गतेसम्म आवेदन दिन पाइने धितोपत्र बिक्री प्रबन्ध सिद्धार्थ क्यापिटलले जनाएको छ । 

कम्पनीले ४७ प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । १ सय रुपैयाँ अंकित मूल्यको ५६ लाख ७० हजार कित्ता हकप्रद बिक्री खुुला हुनेछ । २०७६ साल फागुन ३० गतेसम्म कायम सेयरधनीले हकप्रद भर्न पाउने कम्पनीले जनाएको छ । 

Advertisement

हकप्रदलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ दिएको छ ।

कहाँकहाँ बाट दिन सकिन्छ आवेदन ?

लगानीकर्ताले हकप्रद सेयरमा अपि पावर कम्पनी, ट्रेड टावर, थापाथलीबाट आवेदन दिन सक्नेछन् । सिद्धार्थ बैंकको शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगन्ज, धनगढी र सुर्खेतबाट आवेदन दिन सकिनेछ । यसैगरी ग्लोबल आइएमई बैंकको दाचुर्लाको गोकुलेश्वर, नौगडा, खलंगा र बैतडीको शाखाबाट आवेदन दिन सकिनेछ ।
 
धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयर मार्फत आवेदन दिन सकिनेछ । 

हकप्रदपछि चुक्तापूँजी १ अर्ब ७५ करोडबढी 

हाल यसको चुक्ता पुँजी १ अर्ब ९ करोड ७ लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी १ अर्ब ७५ करोड भन्दा धेरै हुनेछ ।  

Advertisement

Advertisement