निक्षेप तथा कर्जा सुरक्षण कोषको नाफा ६३ करोड

Advertisement

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले तीन महिनामै ६३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । कोषले सार्वजनिक गरेको पहिलो त्रैमासिकको वित्तिय विवरण अनुसार ६३ करोड ९९ लाख ७२ हजार एक सय १७ रुपैयाँ नाफा आर्जन गरेको हो ।

कोषले गत आर्थिक वर्ष २०७६।७७ मा जम्मा एक अर्ब ५३ करोड रुपैयाँ नाफा कमाएको थियो । यसपाली भने तीन महिनामै झण्डै ६४ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको हो ।  कोषको चुक्ता पुँजी १० अर्ब रुपैयाँ छ । कम्पनीले निक्षेप तथा कर्जा सुरक्षण शुल्क वापत तीन महिनामा ६८ करोड ८२ लाख ८ हजार ८ सय ३१ रुपैयाँ आम्दानी गरेको छ ।

त्यस्तै ब्याज आम्दानी २९ करोड २ लाख ६७ हजार ७ सय ७२ रुपैयाँ गरेको छ । बिबिध आम्दानी वापत कोषले ६ लाख ५९ ८ सय ७३ रुपैयाँ आर्जन गरेको छ । कोषको प्रति सेयर आम्दानी २५.५० रुपैयाँ रहेको छ । साधारण जगेडा कोषमा २७ करोड ६० लाख छ । त्यस्तै, कर्जा सुरक्षण कोषमा ९८ करोड र निक्षेप सुरक्षण कोषमा ८८ करोड रुपैयाँ रहेको छ । 

नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुमा प्रत्येक प्राकृतिक व्यक्तिको वचत एवं मुद्दति निक्षेप समेत गरी अनिवार्य रुपमा ३ लाखसम्मको रकममा वार्षिक ०.१६ प्रतिशत सुरक्षण दस्तुर तिर्नुपर्छ । अर्थात ०.०४ प्रतिशत रकम त्रैमासिक रूपमा वर्षमा चार पटक साउन, कार्तिक, माघ र बैशाख १० गते भित्र तिर्नुपर्छ । त्यस्तो रकम सम्बन्धीत बैंक तथा वित्तिय संस्थाहरुले नै तिर्नुपर्ने व्यवस्था छ । ।
 

Advertisement

Advertisement

Advertisement