सोमवार उडेका चार अन्तरिक्षयात्रीहरू अन्तर्राष्ट्रिय स्पेस स्टेशन पुगे

Advertisement

बीबीसी नेपाली । पृथ्वीबाट सोमवार उडेका चार अन्तरिक्षयात्रीहरू अन्तर्राष्ट्रिय स्पेस स्टेशन आईएसएस पुगेका छन्। उनीहरू चढेको स्पेसएक्स ड्र्यागन क्याप्स्यूल उक्त केन्द्रको अग्र भागसँग चरणबद्ध रूपमा जोडिएको थियो।

माइक हप्किन्स, श्यानन वाकर, भिक्टर ग्लोभर र सोइची नोगुची अबको छ महिना अन्तरिक्षमा बस्नेछन्। आईएसएसमा पहिला नै तीन अन्तरिक्षयात्रीहरू केट र्‍युबिन्स, सेर्गेइ रिजिकोभ र सेर्गेइ कुड–स्वेर्च्कोभ थिए।

Advertisement

अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार सात व्यक्ति त्यहाँ हुँदा सूक्ष्मगुरुत्व विज्ञानको काम तीनगुना बढी गर्न सकिन्छ। आईएसएस पृथ्वीबाट ४१० किलोमिटर माथि अन्तरिक्षमा छ।

ड्र्यागन र आईएसएसबीच भएका ढोकाहरू खोल्नुअघि आगन्तुक समूहले सील परीक्षण र चाप समानीकरणका लागि केही समय कुर्नुपर्नेछ। त्यसपछि उनीहरूलाई त्यहाँ स्वागत गरिनेछ अनि उनीहरूले पृथ्वीमा सञ्चारमाध्यमसँग कुराकानी गर्नेछन्।

Advertisement

Advertisement