सरकार मनको गरिब छैन, गक्ष अनुसार राहत दिईरहेका छौं

Advertisement

केपी शर्मा ओली
आधा सप्ताब्दी भन्दा लामो उन्नतिको सहयात्री र नेतृत्वकर्ता हो, महासंघ ।  हामी असहज परिस्थितिको समाना गरिरहेका छौं । कोरोनाका कारण धेरै ठूलो कार्यक्रम गर्न सकिएन, मेरो सचिवालयमा साथीहरुलाई स्वागत गर्न पाउँदा मलाई खसुी लागेको छ । तर धेरै सहभागीतामा कार्यक्रम गर्न पाएको भए थप खुसी हुने थिएँ । 

अब महामारीले अर्थतन्त्रमा पारेको प्रभावबाट कसरी छुटाउने र रिकभरी गर्ने भन्ने योजना बनाउनुछ । कोभिड अघि कै अवस्थामा अर्थतन्त्रलाई फर्काउनु पर्नेछ । यो साधारण सभाले कोभिड १९ र अबको अर्थतन्त्रका बारेमा गहन छलफल गरि निष्कर्ष निकाल्नेछ । संगठन र व्यवसायीक क्षेत्रका लागि तथा सरकारका लागि पनि उपयुक्त हुने निष्कर्ष निकाल्नेछ । त्यसबाट सरकार पनि लाभाम्वित हुनेछ । 

कोरोना साझा समस्या हो र समाधान पनि संयुक्त प्रयासबाटै गर्न सकिन्छ । सरकार र निजी क्षेत्र, व्यक्ति र संस्था, केन्द्र, प्रदेश र स्थानीय तहहरु सबै मिलेर कोरोनासँग लड्ने हो । सबैको संयुक्त प्रयासबाट मात्रै कोरोनासँग जुध्न र पार पाउन सकिन्छ । एउटा खुसीकै जानकारी आउँदैछ, कोरोना विरुद्धको भ्याक्सिन विभिन्न देशहरुले पत्ता लगाएका छन् । त्यसले मानव जातिलाई कोरोना महामारीबाट मुक्त गाउनेछ । लडाईमा सफलता दिलाउनेछ । 

यो महामारीले बलिया देशहरुलाई पनि आक्रमण गरेको छ । कमजोरलाई मात्रै होइन, सबल छु भन्नेहरुलाई पनि पिरोलेको छ । कोरोनाको रिकभरीका सन्दर्भमा कमजोरहरुलाई मुस्किल पर्नेछ, बलियालाई भन्दा । भ्याक्सिन आविष्कार त  भयो तर गरिब देश र जनताले कसरी प्रयोग गर्ने ? मानव जातिको साझा सम्पतिको रुपमा प्राप्त गर्ने वा बिजनेशको रुपमा उपयोग गर्ने भन्ने प्रश्न उठेको छ । भ्याक्सिनको आविष्कार मानव जातिका  लागि ठूलो उपलब्धि हो र त्यो साझा हुनुपर्छ । यो सबलका निम्ति थप उपलब्धी हुने र दुर्बलका निम्ति अर्थहिन हुने अवस्था आउनु हुन्न । 

हामी सानो धर्तीमा छौं, एक ठाँउमा सुरु भएको रोग विश्वव्यापी बन्न सक्छ । दुनियाँ सागुरो भैसकेको छ, संक्रमणबाट जोगिन सजिलो छैन् । मास्क लगाईरहेका छौं, सामाजिक दुरी कायम गरिरहेका छौं, स्वास्थ्यका मापदण्ड पालना गरिरहेका छौं । फेरी पनि रोग फैलिइरहेको छ । यी सबै कुरा गर्दा गर्दै पनि कोरोना महामारीका रुपमा आईरहेको छ । यसका विरुद्ध हामीले साझा लडाई लड्नुपर्नेछ । 

कोरोनाले अर्थतन्त्रमा पारेको प्रतिकुलतालाई पराजित गरेर माथि उठाउनुपर्नेछ । गत आवमा ८.५ का दरले आर्थिक वृद्धि हुने प्रक्षेपण थियो तर शुन्यको अवस्थामा पुग्यौं । तै पनि हामीले सन्तोष मान्नुपर्छ, किन की ठुला देशहरु झन शुन्य तल झरका छन्, हामी शुन्य भन्दा थोरै माथि नै रह्यो । अरु देशसँग बचत थियो, हामीसँग बचत थोरै छ, हाम्रो खर्च गर्ने क्षमता पनि कमजोर छ । 

Advertisement

तपाईहरुलाई लाग्न सक्छ, अरु देशका सरकारले ठुलो रकम अर्थतन्त्र उत्थानका लागि दिएको छ, हामीले किन पाएनौं भन्ने लाग्छ होला । नेपाल सरकार मनको गरिब होइन, हाम्रो क्षमता हेर्नु पर्छ, हाम्रो गक्ष कति छ, त्यहि अनुसार उद्यमी व्यवसायीलाई सघाउँछौं । गक्ष भन्दा एक स्टेप अघि बढेर सरकारले सहयोग गर्छ तर पनि त्यो थोरै हुन्छ । किनकी हामीसँग रिजर्भ वा बचत धेरै छैन् । 

हामीले साझा प्रयत्नबाट अर्थतन्त्रलाई अघि बढाउनुपर्छ । हाम्रा प्रयासहरु त्यस दिशामा केन्द्रित छन् । मानव जातिले समय समयमा ठुला ठुला समस्या झेल्दै आएको छ । –नेपाल उद्योग बाणिज्य महासंघको ५४ औं बार्षिक साधारण सभामा प्रधानमन्त्री ओलीले व्यक्त गरेको विचारको सम्पादित अंश)

Advertisement

Advertisement