विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू गर्न सर्वोच्चले बाटो खोल्दियो

Advertisement

काठमाडौं । सर्वोच्च अदालतले विद्यालय तह (कक्षा १ देखि १२ सम्म) नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट खारेज गरि दिएसँगै अब नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुला भएको छ । न्यायाधीश तेजबहादुर केसी र प्रकाशनकुमार ढुङगानाको इजलासले सो रिट खारेज गर्ने निर्देशनात्मक आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए ।

यसअघि नयाँ पाठ्यक्रम लागू गर्न रोक लगाउने माग गर्दै भागवत अर्याल लगायत सात जनाले रिट दायर गरेको थियो । सो रिट खारेज भएसँगै विद्यालय स्तरमा चरणवध्द रूपमा नयाँ पाठ्यक्रम अनुसार पढाउने वा पुरानो भन्ने अन्यौल अन्त्य भएको छ । 

Advertisement

गोरखापत्र दैनिकबाट ।

Advertisement

Advertisement