मोदीले परराष्ट्रमन्त्री ज्ञवालीसँग नभेट्ने, जयशंकरसँग एक्लाएक्लै वार्ता

Advertisement

काठमाडौं । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नभेट्ने भएका छन् । नेपाल–भारत सँयुक्त आयोगको बैठकमा भाग लिन दिल्ली पुगेका ज्ञवालीसँग भारतीय उच्च नेतृत्वको पनि भेट हुने बताइँदै आएकोमा मोदीसँग नभेट्ने खबर आएको हो । 

नयाँ दिल्लीमै रहेका पत्रकार ऋण धमलाका अनुसार ज्ञवालीको मोदीसँग भेटवार्ताको समय तय भएको छैन । भ्रमणको तालिकामा पनि मोदीसँगको भेटवार्ता उल्लेख छैन ।

Advertisement

ज्ञवालीले समकक्षी एस जयशंकरसँग नै द्वीपक्षीय सम्बन्धका बारेमा छलफल गर्नेछन् । परराष्ट्र मन्त्रालयले तय गरेको छलफलको एजेन्डा अनुसार नै कुराकानी हुने र मोदीसँग भेट्न समय अहिलेसम्म तय भएको छैन् । 

परराष्ट्रमन्त्री ज्ञवाली आउनु अगावै दुई देशका अधिकारीहरु बसेर बिहीबार छलफलका एजेन्डाहरु तय गर्ने प्रयास गरिएको थियो । आज बिहानबाट आयोगको औपचारिक बैठक पनि सुरु भएको छ भने भारतीय विदेशमन्त्री जयशंकरसँग ज्ञवालीको एक्लाएक्लै (वान टू वान) वार्ता पनि भएको छ । 

Advertisement

Advertisement