इन्टरनेटबाट आउने अनावश्यक सामग्री फिल्टर गर्ने प्रविधि एक खर्ब खर्चेर किनिदै

Advertisement

काठमाडौँ । इन्टरनेटका सामग्री फिल्टर गर्ने प्रविधिका लागि सरकारले १ अर्ब रुपियाँ खर्चिने भएको छ । समाजमा नकारात्मक असर पार्ने इन्टरनेट सामग्री रोक्ने भन्दै सरकारले यस्तो योजना बनाएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेटमा कन्टेन्ट फिल्टरिङ गर्ने भन्दै चालु आर्थिक वर्षको आफ्नो बजेटमा १ अर्ब रुपियाँ छुट्याएको गरेको छ ।

प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले आयोजना गरेको ‘इन्टरनेटमा कन्टेन्ट फिल्टरिङ नेपालका लागि कति आवश्यक’ विषयक भर्चुअल कार्यक्रममा प्राधिकरणका निर्देशक विजयकुमार रोयले कन्टेन्ट फिल्टरिङ प्रणाली लागू गर्न आवश्यक अध्ययन भइरहेको जानकारी दिए । ‘अहिले हामी नेपालमा विभिन्न नाकाबाट भित्रिने ब्यान्डविथको ट्राफिकबारे अध्ययन गरिरहेका छौं,’ उनले भने, ‘त्यसै आधारमा इन्टरनेटमा आउने सामग्री नियन्त्रण गर्ने गरी यो योजना अगाडि बढेको छ ।’

Advertisement

कार्यक्रमका अन्य वक्ताले भने सरकारले गर्न खोजेको इन्टरनेट सामग्रीको फिल्टरिङ प्रस्ट नभएको भन्दै आलोचना गरे । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)का पूर्वअध्यक्ष दिलीप अग्रवालले इन्टरनेट सामग्री फिल्टरिङ वा नियन्त्रण गर्ने विषयमा सरकार नै स्पष्ट हुन नसकेको आरोप लगाए ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement