ज्योति लाईफको आईपीओ निष्काशन मिति दुई दिन अगाडि सर्यो, कति कित्ता भर्ने ?

Advertisement

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले आईपीओ निष्काशनको मिति दुई दिन अगाडी सारेको छ । कम्पनीको आईपीओ अब फागुन २१ गतेदेखि खुला हुने भएको छ । 

यसअघि कम्पनीले फागुन २३  गतेदेखि २८ गतेसम्म आईपीओ बिक्री खुला गर्ने आह्वानपत्र जारी गरेको थियो । सीडीएस एन्ड क्लियरिङ लिमिटेडको आग्रहमा  निष्कासन मिति परिवर्तन गरिएको कम्पनीले जानकारी दिएको छ । 

Advertisement

अब यस कम्पनीको आईपीओमा फागुन २१ गते देखि फागुन २६ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले ६६ करोड रुपियाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर (आइपीओ) निष्काशन गर्न लागेको हो ।

यसमध्ये तिन लाख  ३० हजार कित्ता कर्मचारी र तिन लाख ३० हजार कित्तानै म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

यस भन्दा अगाडी खुलेका कम्पनीको आईपीओमा १५ लाख भन्दा धेरैले आवेदन दिएका थिए । यस कम्पनीको आइपीओमा पाँच लाख ९४ हजार जनाले १० कित्ताको दरले सेयर हात पार्ने देखिन्छ । यसका कारण ज्योतिको आईपीओमा लगानीकर्ताले १० कित्ताको दरले एक हजार रुपियाँ बराबरको आवेदन दिदा उपयुक्त हुने देखिन्छ । 
 
कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । 

लगानीकर्ताले सि–आश्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यो आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ प्रदान गरेको छ।

Advertisement

Advertisement