विद्युत उत्पादनमा सुदूरपश्चिम निकै पछि, क्षमता १५ हजार मेगावाट, उत्पादन ५० मेगावाट मात्रै

Advertisement

बझाङ । सुदूरपश्चिम क्षेत्रमा जलविद्युत् उत्पादनको क्षमता १५ हजार मेगावाट छ, तर हालसम्म ५० मेगावाटमात्र उत्पादन भएको छ ।

बाह्रै महिना अटुट रूपमा बगिरहने सेती, महाकाली, चमेलिया, कालंगा, बूढीगंगालगायतका अन्य साना नदीहरूबाट हजारौँ मेगावाट विद्युत् उत्पादन गर्न सकिने सम्भावना भए पनि उत्पादनको अवस्था भने कमजोर देखिएको हो ।

Advertisement

१० वर्षअघिसम्म १ मेगावाट उत्पादन पनि नभएको सुदूरपश्चिममा पछिल्लो समयमा भने जलविद्युत् आयोजनाहरूको निर्माण बढ्दै गएको छ । पूर्व ऊर्जा सचिव अनुपप्रसाद उपाध्यायका अनुसार प्रदेशमा ६ हजार ४ सय मेगावाट क्षमताको पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, ४ सय ३९ मेगावाटको बेतन कर्णाली आयोजना, ७ सय ५० मेगावाटको पश्चिम सेती परियोजना र १० हजार ८ सय क्षमताको कर्णाली परियोजनालगायतका गरी १५ हजार मेगावाट क्षमता छ ।

“सुदूरपश्चिममा जलविद्युत् आयोजनाको ठूलो सम्भावना छ । सरकारको नीति र झन्झटिलो प्रक्रिया तथा सरकारी बेवास्ताका कारण आयोजना निर्माण हुन सकेका छैनन्,” उपाध्याय भन्छन्, “प्रदेशमा कर्णाली चिसापानी, पञ्चेश्वर, पश्चिम सेती परियोजना, बेतन कर्णालीलगायतका आयोजनाबाट १५ हजार मेगावाटबराबर उत्पादन हुन्छ, निर्माण गर्न निकै चुनौती छ । कतिपय सरकारी नितीका कारण त कतिपय आयोजना भौगोलिक अवस्था र निर्माण कार्यका बेला हुने विभिन्न बाधाका कारण यी परियोजना बन्न असम्भव छ ।”

Advertisement

Advertisement