कर्णालीका एमालेका मन्त्रीहरूले दिए राजीनामा, शाही अल्पमतमा

Advertisement

सुर्खेत । कर्णालीमा नेकपा एमालेतर्फका तीन जना मन्त्रीले सामुहिक राजीनामा दिएका छन्। उनीहरूले मंगलवार पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गरेका हुन्। 

एमालेबाट सरकारमा सहभागी आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र वन, वातावरण तथा पर्यटन मन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका हुन । 

Advertisement

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि त्यसको असर कर्णालीमा पनि देखिएको हो । उक्त प्रदेशमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही नेतृत्वको सरकार छ । एमालेले साथ छोडेसँगै सो प्रदेशको सरकार अल्पमतमा परेको छ । एमालेले आफ्नै नेतृत्वमा सरकार बनाउने तयारी गरेर आफ्ना मन्त्रीहरूलाई राजीनामा गराएको हो । 

एमाले संसदीय दलले समर्थन फिर्ता लिए पनि माधव नेपाल पक्षले भने शाहीलाई समर्थन कायमै राखेको छ । अल्पमतमा परे पनि शाहीको सचिवालय भने बहुमत आफूहरूकै पक्षमा रहेको दाबी गरेको छ । 

Advertisement

Advertisement