मेगा बैंकका कार्ड प्रयोगकर्तालाई टर्कीस एयरलायन्सको विशेष छुट

Advertisement

काठमाडौं ।  टर्किस एयरलायन्सले मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई हवाई यात्रामा विशेष छुट दिने भएको छ ।

बैंक नायब सिइओ रवीना देशराज श्रेष्ठ र टर्किस एयरलायन्सका कन्ट्री जनरल म्यानेजर अब्दुल्ला टंकर केसीसीबीच मेगा बैंकका ग्राहकहरुलाई टर्किस एयरलायन्सको हवाई सेवामा प्राथमिकता र छुट दिने सम्झौता भएको हो । 

Advertisement

सम्झौता अनुसार, टर्किस एयरलायन्सले मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई आधार भाडादरमा विशेष छुट र एक्सट्रा लगेजको सुविधा दिने भएको छ । यो छुट टर्किस एयरलायन्सको काठमाण्डौंबाट उडान हुने अमेरिका र युरोपियन देशमा लागू हुने सम्झौतामा उल्लेख छ ।
 
यो सम्झौताबाट मेगा बैंकका ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकको विश्वास छ । नवीनतम बैंकिङ सुविधाका साथसाथै मेगा बैंकले अस्पताल, रेष्टुरेण्ट, सपिङ मल लगायतका दर्जनौँ बिभिन्न सेवामुलक क्षेत्रसँग सम्झौता गरी आफ्ना ग्राहकहरुलाई थप सुविधा र छुटको व्यवस्था गर्दै आएको छ । 
 

Advertisement

Advertisement