वायुसेवा घाटाको कारण नै महंगो हवाई इन्धन, निगमको मात्रै तेलमा वार्षिक साढे चार अर्ब  खर्च

Advertisement

काठमाडौं । नेपालमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमसहितका वायुसेवा घाटामा जानुको एउटा प्रमुख कारण महंगो हवाई इन्धन हुने गरेको छ । सरकारले हवाई इन्धनमा धेरै नाफा लिएको र अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालमा हवाई इन्धन महंगो हुने गरेको छ । नेपालमा उसै त विदेशको तुलनामा हवाई इन्धन महंगो त त्यसमा पनि सरकारले बढी नाफा लिएकोले वायुसेवा कम्पनी मारमा पर्ने गरेको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलले बताए । 

उनले कर्पोरेटनेपालसँग भने ‘वायुसेवा सञ्चालक संघल पटक पटक हवाई इन्धनको मूल्य महंगो भएको र सरकारलाई कम नाफा खाएर दिन अनुरोध गर्ने गरेका छौं ।’ उनका अनुसार सरकारलाई समय समयमा लिखित निवेदन नै दिने गरिएको भएपनि हालसम्म बेवास्था हुँदै आएको छ ।’

Advertisement

आयल निगमले हवाई इन्धनमा लिएको नाफाबाट अरु डिजल र ग्यासमा सहुलियत दिने गरेको भन्दै बढी नाफा लिने गरेको छ । वायुसेवा सञ्चालक संघले भने सरकारले जनतालाई दिने सहुलियत व्यापारिबाट उठाएर दिने भन्दा पनि कर तिर्न लगाउने र त्यसबाटै जनतालाई सहुलियत दिनुपर्ने बताएका छन् । निगमले भने हवाई इन्धनबाट लिएको नाफालाई डिजल र ग्यासमा सहुलियत दिएर आम नेपाली उपभोक्तालाई सहजीकरण गर्नमा सहयोग गरेको दाबी गरेको  छ ।

वायुसेवा संचालक संघका अनुसार हवाई इन्धनको हिस्सा ३० देखि ४० प्रतिशत हुने गरेको छ । सरकारले जति धेरै तेल सस्तो दिन सक्यो वायुसेवाले उति नै टिकट कम गर्दै जान सक्ने बुझाइ शर्माको छ । आयल निगमले हरेक १५ दिनमा इन्धनको भाउ बढाउँदा हवाई इन्धनको मूल्य पनि बढाउने गरेको छ ।

आयल निगमले बढाएको इन्धनको मूल्यकै आधारमा वायुसेवा सञ्चालक संघले पनि इन्धन शुल्क हेरफेर गर्ने गरेका छन् । आयल निगमले ४ वैशाखमा हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएका कारण वायुसेवा कम्पनीले पनि आजबाटै इन्धन चार्जका रूपमा हवाई भाडा बढाएका छन् ।

निगमको मात्रै इन्धनमा बार्षिक साढे चार अर्ब खर्च
नेपाल वायुसेवा निगमले मात्रै हवाई इन्धनमा वार्षिक साढे चार अर्ब रुपियाँ खर्चने गरेको छ । वायुसेवा निगमका महाप्रवन्धक डिमप्रसाद पौडेलले एक प्रस्तुतिकरणमार्फत निगमले वार्षिक करिब ४.५ अर्बको तेल खरिद गर्ने गरेको बताए । उनका अनुसार हवाई इन्धनको मूल्य नेपाल आयल निगमले प्रदान गर्ने गरेको र यो मूल्य सबैभन्दा महंगो नेपालमै रहेको पनि उनले औल्याएका छन् । 

उनले वायुसेवा निगम घाटामा जानुको विभिन्न पाँचवटा कारणमध्ये नेपालमा हवाई इन्धनको मूल्य महंगो भएको पनि उल्लेख गरेका छन् । निमगले निगम सञ्चालनको ६३ वर्षको इतिहासमा अहिलेसम्म ८ अर्ब ५० करोड खुँद घाटामा छ । पछिल्लो समय निगमको घाटा बढाउनुमा हवाई इन्धनकै पनि महत्वपूर्ण हिस्सा रहेको दाबी वायुसेवा निगमको छ ।

वायुसेवा निगमका अनुसार दिल्लीसंग तुलना गर्ने हो भने आयल निगमले करिब वार्षिक २ अर्ब २० करोड रुपियाँभन्दा बढी रकम नेपालमा तिर्ने गरेको छ । यको अर्थ नेपालको तुलनामा दिल्लीमा हवाई इन्धन सस्तो रकम नेपालमा तिर्ने गरेको छ । यको अर्थ नेपालको तुलनामा दिल्लीमा हवाई इन्धन सस्तो छ । नेपालमा भने करिक दोब्बर नै पर्ने गरेको पनि उल्लेख  छ।

वायुसेवा निगमले गर्ने इन्धन खपतको तुलनामा एक तिहाइ हिमालय एयरलान्इसले गर्ने गरेको छ भने निगमले गर्नेजति इन्धनमा  खर्च अरु आन्तरिक वायुसेवाले नेपालभित्रै गर्ने गरेको बुझाइ पनि वायुसेवा सञ्चालक संघको छ ।

हवाई इन्धनको मूल्य दिल्लीमा ५७ रुपियाँ, कोलकात्तामा ६२ रुपैयाँ, मुम्मइमा ५५ रुपैयाँ चेन्नाइमा ५९ रुपियाँ रहेको छ । नेपालमा हाल हवाइ इन्धनको मूल्य प्रतिलिटर ७६ रुपियाँ आन्तरिकको लािग छ । आन्तरिक वायुसेवाले प्रयोग गर्ने हवाई इन्धनमा निगमले ५.६९ रुपियाँ फाइदा र अन्तर्राष्ट्रियमा ३६.८० रुपियाँ प्रतिलिटर फाइदा लिने गरेको छ ।

Advertisement

Advertisement