शेयर बजार झिनो अंकले बढ्दा लघुवित्त समूहमा झुम्मिए लगानीकर्ता

Advertisement

काठमाडौँ । शेयर बजार आज झिनो अंकले बढेको छ । साताको पहिलो दिन आइतबार ५४ अंकले बढेको बजार हिजो १२.३५ अंकले घटे पनि आज भने १.९४ अंकले बढेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार ०.०७ प्रतिशतले बजार बढ्दा परिसूचक २६५४.६९ अंकमा उक्लिएको छ ।

 २१३ कम्पनीका १ करोड ३० लाख १५ हजार १ सय ८३ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५ करोड २२ लाख ३६ हजार ८ सय ११ रुपियाँ बराबरको कारोबार भएको हो । बजार झिनो अंकले बढे पनि कारोबार रकम भने घटेको छ । आइतबार ७ अर्ब ३६ करोड ८ लाख ५ रुपियाँ र हिजो सोमबार ७ अर्ब ५२ करोड ९२ लाख ९० हजार १ सय ४६ रुपियाँ बराबरको कारोबार भएको थियो ।

Advertisement

आज झिनो अंकले बजार बढ्दा लघुवित्त समूहमा लगानीकर्ताहरु झुम्मिएका छन् । आज लघुवित्त समूह १३७.८२ अंक, ट्रेडिङ समूह ९२.९३ अंक, हाइड्रोपावर समूह ३०.९२ अंक, उत्पादनमूलक समूह ६.२७ अंक, म्युचुअल फण्ड ०.०२ अंक र इन्भेष्टमेन्ट समूह ०.२३ अंकले बढेको हो । बाँकी समूह भने राताम्मे भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ६४.२३ अंकले घटेको हो ।  

९ कम्पनीको शेयर कारोबार पोजेटिभ सर्किट लेभलमा भएको छ । लामो समय रोकिएर आजबाट शेयर कारोबार शुरु भएको समता घरेलु लघुवित्त र महिला लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको हो । त्यसैगरी विशाल बजार कम्पनीको ९.९९ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ९.९८ प्रतिशत, राधी विद्युत कम्पनीको ९.९० प्रतिशत, रु रु जलविद्युतको ९.९० प्रतिशत, सिंगटी हाइड्रो इनर्जीको ९.८२ प्रतिशत, यूनाइटेड मोदी हाइड्रोपावरको ९.७३ प्रतिशत र पञ्चकन्यामाई हाइड्रोको शेयर मूल्य ९.६८ प्रतिशतले बढेको हो । 

आज चन्द्रागिरि हिल्स लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी १.९८ प्रतिशतले घटेको हो । नेप्सेका अनुसार आज पनि एनसीसी बैंकको उच्च कारोबार भएको छ । एनसीसीको २३ करोड ९ लाख ६४ हजार ४ सय ८५ रुपियाँ बराबरको शेयर किनबेच भएको हो । 

Advertisement

Advertisement