काठमाडौँ । केही दिनदेखि लगातार बढिरहेको सुनको मूल्य आज घटेको छ भने चाँदीको मूल्य स्थिर छ । सुन प्रतितोला ३ सय रुपियाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ४५ रुपियाँ निर्धारण गरिएको छ ।
हिजो भने छापावाल सुन प्रतितोला ९२ हजार ३ रुपियाँ, तेजाबी सुन प्रतितोला ९१ हजार ८ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार ३ सय ४५ रुपियाँमा कारोबार भएको थियो ।