पशुपतिमा कोभिड संक्रमतिको शव व्यस्थापन गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिइने

Advertisement

काठमाडौं । पशुपति आर्यघाटमा कोभिड–१९ संक्रमित भएका शव दाहसंस्कारमा संलग्न हुने कर्ममचारीलाई प्रोत्साहन भत्तास्वरूप एक हजार रूपैयाँ दिने निर्णयको भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानु भक्त ढकालले शुक्रबार पुनः मन्त्रीको सपथ ग्रहण गर्दै कोभिडको शव दाहसंस्कार गर्ने कर्मचारीलाई प्रति शव एक हजार रुपियाँ भत्ता दिने निर्णय गरेका हुन् ।

सरकारले सुरक्षा र स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने निर्णय गरेको भए पनि पशुपति आर्यघाटमा शव दाहासंस्कारमा सहभागी हुने कर्मचारी भने उक्त भक्ता पाउने सूचीमा परेका थिएनन् । अब उनीहरूले पनि प्रोत्साहन भत्ता पाउने भएका छन।

Advertisement

ढकालले पर्यटन क्षेत्रको विकास र विस्तार भन्दा पनि उद्धार र राहतमा केन्द्रित हुनेगरी नीति बनाउन कर्मचारीलाई निर्देशन दिएका छन् । मन्त्रालयमा पदभार ग्रहण गरेसँगै उनले कर्मचारीलाई निर्देशन दिँदै कोभिड १९ कारण थला परेको पर्यटन व्यवसायले राहत पाउनेगरी नीति बनाउन निर्देशन दिए । उनले नीति र बजेट दुबै प्रभावकारी हुने गरी तयारी गर्न पनि दिए ।

Advertisement

Advertisement