विश्वकप २०२२/एसिया कप २०२३ छनौट खेलः ताइपेईविरुद्ध नेपालको २–० जित

Advertisement

काठमाडौं । विश्वकप २०२२ तथा एसिया कप २०२३ छनौट खेलअन्तर्गत बिहीबार राति नेपाल र ताइपेईबीच भएको खेलमा नेपालले २–० ले जित हासिल गर्दै ‘बी’ समूहको चौंथो स्थानमा पर्न सफल भएको छ । अञ्जन विष्ट र नवयुग श्रेष्ठको गोलमा नेपालले जित हासल गर्न सफल भएको हो । 

यसअघि विश्वकप छनौटअन्तर्गत ताइपेईमा भएको खेलमा अन्जन एक्लैले २ गोल गर्दै नेपाललाई २–० जित दिलाएका थिए । ताइवानी टिमविरुद्धको बिहीबारको खेल कुवेत सिटीस्थित जाबेर अल–हमाद अन्तर्राष्ट्रिय रंगशालामा भएको थियो । पेनाल्टीमा गोल गर्दै खेलको तेस्रो मिनेटमा नेपाललाई अन्जनले अग्रता दिलाएका थिए । खेलको ८१ औं मिनेटमा नवयुगले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए ।

Advertisement

कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी आएपछि नेपाली फुटबल टिमले पहिलो उपलब्धी हासिल गरेको छ । ताइवानविरुद्ध तेस्रो खेलमा नेपालले दोस्रो पटक जित हात पारेको हो । फिफा बरियतामा ताइवान नेपालभन्दा ३० स्थान माथि छ । नेपालले अब जोर्डनविरुद्ध जेठ २४ र अस्ट्रेलियाविरुद्ध जेठ २८ मा खेल्नेछ ।

Advertisement

Advertisement