चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई बोलाएर प्रधानमन्त्रीले धम्की दिएः डा. केसी समर्थकहरू

Advertisement

काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई बालुवाटार बोलाएर प्रधानमन्त्री केपी ओलीले धम्की दिएको डा. गोविन्द केसी समर्थकहरूले दाबी गरेका छन् ।

बृहत नागरिक आन्दोलन र सोलिडारिटी फर डा. केसी आलाइन्सको नाममा जारी विज्ञप्तिमा ओलीले आयोगका उपाध्यक्ष डा. गिरीलाई बालुवाटार बोलाएर दुर्गा प्रसाईं सञ्चालक रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन या राजीनामा गर्न धम्की दिएको दाबी गरेको हो । 

Advertisement

विज्ञप्तिमा डा. गिरीको सुरक्षाको अपिल पनि गरिएको छ । राज्य शक्तिको दुरुपयोग गर्दै प्रधानमन्त्री र मन्त्रीहरुले उक्त ज्यादती गरेको भन्दै विज्ञप्तिमा भर्त्सना पनि गरिएको छ । 

‘आज ३० गतेका दिन प्रधानमन्त्री तथा आयोगका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई बालुवाटार बोलाइ प्रक्रिया मिचेर बीएण्डसीलाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न नाजायज दबाब दिएका छन्। शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र स्वास्थ्य मन्त्री शेरबहादुर तामाङ समेतले उपाध्यक्ष डा. गिरीलाई हस्ताक्षर गर्न वा राजीनामा गर्न धम्कीसहित चरम दबाब दिएपछि अहिले डा. गिरीको भौतिक र मानसिक सुरक्षामा चुनौती खडा भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

Advertisement

Advertisement