दूरसञ्चार तथा इन्टरनेट सेवा अवरूद्ध भए जानकारी दिनु– प्राधिकरण

Advertisement

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार तथा इन्टरनेट सेवा अवरूद्ध भएमा आफूलाई जानकारी गराउन आग्रह गरेको छ । 

प्राधिकरणले  बाढी पहिरोले देशव्यापीरूपमा क्षति गरे पनि दूरसञ्चार र इन्टरनेटको पूर्वाधारमा खासै ठूलो क्षति नभएको जिकिर गर्दै कतै सेवा अवरुद्ध भए खबर गर्न आग्रह गरेको हो । 

Advertisement

विद्युत अवरूद्ध भएका केही क्षेत्रमा भने सेवा प्रभावित भएको प्राधिकरणले स्वीकार गरेको छ । केही दिनदेखिको अबिरल बर्षापछि आएको बाढी पहिरो र डुबानले धेरै ठाउँमा विद्युतदेखि टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएमा समाचार आइरहेका छन् । 

Advertisement

Advertisement