कोरोना संक्रमित २७६८ जना थपिंदा ४०२० संक्रमणमुक्त, ४४ जनाको मृत्यु

Advertisement

काठमाडौँ । पछिल्लो २४ घण्टामा २७६८ जना कोरोना संक्रमित थपिएका छन् । 

सोही अवधिमा ४०२० जना संक्रमणमुक्त भएका छन् भने ४४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

Advertisement

७५६९ जनामा भएको पीसीआर परीक्षणमा १९६३ र ५४६८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०५ गरी २७६८ जनामा संक्रमण पुष्टि भएको हो ।

Advertisement

Advertisement