नबिल बैंकको शुक्रबारदेखि बन्द रहेको सम्पूर्ण सेवा आजबाट सुचारु

Advertisement

काठमाडौँ । नबिल बैंकको शुक्रबारदेखि बन्द रहेको सम्पूर्ण बैंकिङ सेवा आजबाट सुचारु भएको छ । 

कोर बैंकिङ सिस्टम(सीबीएस) स्तरोन्नती कार्य सम्पन्न गरी आजबाट सम्पूर्ण बैंकिङ सेवा यथावत रुपमा सुचारु भएको बैंकद्वारा आज प्रकाशित सूचनामा उल्लेख छ । 

Advertisement

यो स्तरोन्नती प्रक्रियामा हौसला दिने, सहयोग गर्नु हुने र धैर्य भई कुरिदिइकोमा ग्राहकवर्ग, निक्षेत्रकर्ता र नियामक निकायहरुलाई बैंकले कृतज्ञता व्यक्त गरेको छ ।  


 

Advertisement

Advertisement