नेप्से ३१ सय अंक नाघेर फर्कियो, १० अर्ब ९८ करोडको कारोबार

Advertisement

काठमाडौँ । सोमबार पनि शेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज बजार ४.०६ अंकले बढेको हो । ०.१३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक ३०८५.०७ अंकमा उक्लिएको छ । शेयर बजार खुल्ना साथ ११ बजेर ३ मिनेटमा ३१०१.३ अंकमा उक्लिएको थियो । हिजो आइबार पनि बजार १.२५ अंकले बढेको थियो । 

आज २२६ कम्पनीका २ करोड १८ लाख ९४ हजार २ सय ०९ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ९८ करोड ३५ लाख ९९ हजार ९४ रुपियाँ बराबरको कारोबार भएको हो । आइतबार भने १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८ सय ६२ रुपियाँ बराबरको कारोबार भएको हो ।

Advertisement

विभिन्न ४ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । घलेम्दी हाइड्रोको १० प्रतिशत, गुराँस लघुवित्तको ९.९८ प्रतिशत, फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ९.०९ प्रतिशत र यूनिभर्सल पावर कम्पनीको शेयर मूल्य ९ प्रतिशतले बढेको हो । 

आज सबैभन्दा बढी नेपाल हाइड्रोका लगानीकर्ताले ५.३३ प्रतिशत र यूनाइटेड इदी मर्दी हाइड्रोका लगानीकर्ताले ५.०७ प्रतिशतले घाटा व्यहोरेका छन् । नेप्सेका अनुसार आज अरुण काबेली पावरको उच्च कारोबार भएको छ । अरुण काबेलीको ३७ करोड ७५ लाख ४७ हजार ६ सय ५० रुपियाँ बराबरको शेयर किनेबेच भएको हो । 
 

Advertisement

Advertisement